मौसममा सुधार

20

काठमाडौँ, मुलुकभरको मौसम आज पहाडी भू–भागमा आंशिक बदली रहेपनि बाँकी क्षेत्रमा सामान्यतयाः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ । 

गत साताको वर्षा र हिमपातपछि मौसम सफा हुँदै गएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । सोमबार र मङ्गलबार भने पश्चिमी क्षेत्रमा मौसममा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ । 

Facebook Comments

LEAVE A REPLY