राजनीतिक सहमतिका कारण देश बर्बाद भयो, अब राष्ट्रिय सहमति गरौं : निरौला

56

काठमाडौ । नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौलाले राजनीतिक सहमतिका नाममा देश बर्बाद बनाएको आरोप लगाएका छन् । नेपाल समाजवादी कांग्रेसद्वारा पार्टीकार्यालय अनामनगरमा आयोजित पत्रकार सम्मेलानमा बोल्दै अध्यक्ष निरौलाले राजनीतिक सहमति नेताहरुको स्वार्थमा मात्र केन्द्रीत भएकाले देशको लागि राष्ट्रिय सहमति आवश्यक भएको बताए । उनले देशको रक्षाको लागि आफ्नो पार्टी जस्तोसुकै पनि आन्दोलन गर्न तयार रहेको दाबी समेत गरेका छन् ।

अध्यक्ष निरौलाले देशभित्र रहेका सबै विचार बोकेका शक्तिहरुबीच समन्वय गरिनुपर्नेमा जोड पनि जोड दिए । ‘‘यो देश सबैको साझा हो, बनाउँछन् भने ठीकै छ तर बिगार्ने अधिकार कसैलाई छैन, देश बर्बाद गर्ने तत्वहरुलाई हामीले पहिचान गरेका छौं, आवश्यक परेपछि कडा प्रतिकार गर्छौ ।’ उनले भने ।

अध्यक्ष निरौलाले दलहरुका गलत सोच र कार्यशैलीले जनताले दिनैपिच्छे दुःख पाउँदै गरेको बताउँदै संघीयता र धर्म निरपेक्षताको खारेजीको लागि आव्हान गरेका छन् ।

वर्तमान शासनसत्ता, संसदीय प्रणाली र यस्तैखाले राजनीति रहिरहने हो भने जनताले आफ्ना गुनासा राख्न पनि नपाउने दिन आउने उनको दावी छ । ‘वर्तमान राजनीतिक संस्कार गलत छ, यस्तै परिपाटी रहिरहँदा देश नै संकटमा पर्छ, अहिले प्रजातन्त्र, समाजवाद र न्याय हराएको छ, महिलाहरु दिनैपिच्छे बलात्कृत भएका छन्, योभन्दा कहालीलाग्दो अर्को अवस्था हुन सक्दैन ।’ उनले भने ।

अध्यक्षन निरौलाले संघीयताले समाज, सुरक्षा र भूगोलको विगठन गर्ने भन्दै पार्टीले आफूहरुका माग सरकारलाई सुनाउन पनि पत्रकार सम्मेलन गरेको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष निरौलाले भने ‘सरकारले हाम्रो आवाज सुनेन, ज्ञापनपत्र दिन खोज्दा पनि भेट पाएनौं र हुलाकबाट पठायौं,‘ अब यसरी नै हामीलाई बेबास्ता गर्दै जाने हो भने जस्तोसुकै आन्दोलन पनि गर्न तयार छौं ।’

Facebook Comments

LEAVE A REPLY