दुगड ग्रुपको बदमासी: खाद्यन्नदेखि पानी र सिमेन्टको ऐनविपरीत प्रचार

31

रोशन कार्की
काठमाडौं । विद्यमान ऐन कानुनलाई बेवास्ता गर्दै घरानीया कम्पनीहरुले गुणस्तरहीन वस्तुको उत्पादन र भ्रामक प्रचारप्रसार गरेको पाइएको छ । अवैधरुपबाट आम्दानी गरेको रकमबाट विभिन्न उद्योगधन्दा स्थापना गरेको भन्दै नक्कली विवरण सरकारी कार्यालयमा पेसगरी सोही आधारमा चोरी पैठारी गरी भित्र्याएको वस्तुलाई नेपाली उत्पादनको ट्याग लगाई उपभोक्ता ठगी कार्यमा उच्च घरानीया कम्पनीका सञ्चालकहरु बढी सक्रिय हुँदै आएका छन् ।
आफूलाई विश्वको धनीको सूचीमा नाम लेखाएका चौधरी ग्रुपका अध्यक्ष विनोदकुमार चौधरीदेखि दुगड ग्रुपले समेत सरकारी ऐन कानुनलाई बेवास्ता गरी भ्रामक प्रचार गरेको सम्बन्धित निकायले ठहर गरेको छ । सरकारी ऐनविपरीत केएल दुगड ग्रुपको नामबाट उत्पादन गरेको युनाइटेड सिमेन्ट्सले भ्रमपूर्ण विज्ञापन प्रकाशित गरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले विज्ञापन रोकी कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
दुगड ग्रुपअन्तरगत रहेका अधिकाशं उत्पादनहरु गुणस्तहिन रहेको पाईएको छ । पछिल्लो पटक सो ग्रुप अन्तरगतको आक्वा हन्ड्रेन नामको मिनरलवाटरको बोटलमा साङ्ला सहितको पानी बजारमा बिक्री वितरण गरेर उपभोक्ताको स्वास्थ्यमाथीनै खेलवाड गर्दै आएको समुह हो ।
सो उद्योगले म्याग्नेसियम अक्साइड(एमजिओ) र क्लोराइड कम भएको भन्दै नयाँ क्याम्पेन सुरु गरेर सरकारी ऐेनविपरीत उद्योग सञ्चालन गर्न पनि पाउनुपर्ने उद्देश्य देखिएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपभोक्तालाई भ्रमित बनाउने विज्ञापन रोक्न निर्देशन दिइसकेको बताए। उनले भने, ‘उद्योगले उपभोक्तामा भ्रम छर्ने उद्देश्य देखियो, हामीले तत्कालै विज्ञापन रोक्न निर्देशन दिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।’ विभागका अनुसार सञ्चालकहरुलाई समेत बोलाएर सोबारे बयान लिने भएको छ । केएल दुगड समूहको नाममा रहेको युनाइटेडको उद्योग धादिङमा रहेको छ भने खानी ललितपुरमा रहेको सरकारी विवरणमा उल्लेख गरेको समाचार आर्थिक दैनिकले छापेको छ।
महानिर्देशक पुडासैनीले उद्योगसँग लिखित रुपमा स्पष्टीकरणसहित विभागमा आउन निर्देशन दिएको बताए । उनले भने,‘विज्ञापनलाई निरन्तरता दिएमा र दिएको स्पष्टीकरण चित्त नबुझेमा कानुनी कारबाही गरिनेछ ।’ भ्रमपूर्ण विज्ञापन प्रकाशित गर्नेलाई एक महिना कैद र एक हजार रुपैयाँ जरिवाना गर्न सकिने विद्यमान कानुनी प्रावधान रहेको छ । ऐनविपरीत काम गर्नेमाथि गरिने कारबाही फितलो भएकै कारण उद्योगीहरुद्वारा लत्याउँदै आउने गरेका छन् ।
विभागअनुसार सिमेन्टमा बढीमा पाँच प्रतिशतसम्म एमजीओलाई टोलरेन्स मानिएको छ । भारतमा एमजीओ ६ प्रतिशतसम्मलाई मान्यता दिइएको छ।यसैगरी, उपभोक्तालाई भूmटो प्रचार गरी यसअघि पनि विज्ञापन प्रसारण गरेको थियो । केएल दुगड ग्रुपले युनाइटेड सिमेन्ट बिक्रीमा प्रवद्र्धनात्मक कार्यक्रम भन्दै कम तौल सिमेन्ट प्याक गरेर महंगोमा बिक्री गरेको थियो । जसअन्तर्गत हरेक १५ बोरा युनाइटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा भन्दै उपभोक्तालाई झुक्याएको आरोप लागिरहेको छ ।
‘हरेक निर्माणको धड्कन, युनाइटेड सिमेन्ट’ भन्ने नारा दिएर ऐनविपरीत सो उद्योगबाट भ्रामक प्रचार गरेको पाइएको छ । ललितपुरको लेलेमा चुनढुंगा खानी र धादिङको नौबीसेमा फ्याक्ट्री रहेको युनाइटेड सिमेन्टले अत्याधुनिक रोटरी किल्न प्रविधिबाट गुणस्तरीय सिमेन्ट उत्पादन गरिरहेको दाबी गरे पनि सोअनुसारको सिमेन्ट उत्पादन नगरेको सम्बन्धित क्षेत्रकै व्यवसायीहरुले बताएका छन् ।
यसैगरी, उपभोक्तालाई झुक्याउँदै भ्रामक प्रचारप्रसार गरेर आएको अर्को कम्पनी हो शिवम् सिमेन्ट । जुन सिमेन्ट पटक–पटक सरकारी कारबाहीमा परेको उद्योग हो । सो सिमेन्टप्रत्येक २० बोराको खरिदमा अर्को १ बोरा सित्तैमा दिने भन्दै प्रचार गरेको थियो । तेल, चामल, दाल लगायतका कृषि व्यवसायमा यो समूह बढी केन्द्रित भएको थियो । सो ग्रुपद्वारा उत्पादन गरेको अधिकांश तेल, चामल र दाल समेत गुणस्तरहीन रहेको भन्दै पटक–पटक कारबाहीमा परेको ग्रुप हो । पछिल्लो समयमा बैंकिङ, जलविद्युत्, घरजग्गालगायतका क्षेत्रमा समेत यो समूहले लगानी विस्तार गरेको छ । सिमेन्टले नेपाल गुणस्तर चिह्न पाइसकेको उल्लेख गरेको छ ।

Facebook Comments

LEAVE A REPLY