नेपाल प्रहरीका १४ एसपी एसएसपीमा, २६ डीएसपी एसपीमा बढुवा (सूचीसहित)

29

नेपाल प्रहरीले १४ एसपीलाई एसएसपीमा, २६ डीएसपीलाई एसपीमा बढुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले शनिबार मध्यराति बढुवा सिफारिस सूची निकालेकाे हाे।

एसएसपी बढुवामा दीपक थापाले बाजी मारेका छन्। उनकै कारणले नियमावली संशाेधन भएकाे दाबी गर्ने प्रहरी अधिकारी पछिल्लाे बढुवाप्रति असन्तुष्ट छन्।

प्रहरी प्रधान कार्यालयले नियमावलीमा रहेका प्रावधानभन्दा राजनीतिक पहुँच र शक्तिकेन्द्रकाे दवाबमा मध्यराति १४ एसपीलाई एसएसपी र २६ डिएसपीलाई एसपीमा बढुवा गरेकाे छ। एसएसपी बढुवाका लागि माघ १४ मा नियमावली संशाेधन गरेकाे गृहमन्त्रालय बढुवामा हावी देखिएकाे छ।

एसएसपी बढुवा सिफारिस हुनेमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीम ढकाल छन्। सिफारिस भएका टेक, दीपक र भीम पछिल्लाे ब्याचका हुन्। 

डीएसपीमा अघिल्लाेपटक छुटेकाहरूकाे बाहुल्यता रहे पनि रमेश थापा र अजय केसी कार्य सम्पादनमा अघि भएकाले बढुवामा परेका छन्।

एसपी बढुवा सिफारिस हुनेमा डिएसपीहरू रमेश बस्नेत, हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, विनोद सिलवाल, भीम दाहाल, रमेश थापा, प्रकाश रानाभाट, बिमल कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्ण कोइराला, सन्तोष खड्का, दान मल्ल, रन्जु सिग्देल, अनुपम राणा, श्याम महतो, कृष्ण पङेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी, वीर बुढा छन्। 

हेरौं सूचीः

Facebook Comments

LEAVE A REPLY