चर्चित नेपाली गीतहरुमा आवाज दिएका गायक सोनु निगम आइसियुमा !

175

काठमाडौं । उकाली ओराली गर्दै,फुलको डाली डालीमा लगायत थुप्रै नेपाली पुराना गीतहरुमा आवाज दिएका भारतीय गायक सोनु निगमको स्वास्थ्यमा अचानक समस्या देखिएको छ । उनलाई समुद्री खानाका कारण एलर्जी भएपछि अस्पताल भर्ना गरिएको हो । सोनु उपचारका लागि नानाभाती अस्पताल मुम्बईमा भर्ना भएका छन ।

उनले भारतीय नेपाली लगायत अन्य भाषाहरुमा पनि गीत गाएका छन् । पछिल्लो समय उनलाई गायनमा भन्दा पनि रियालिटि शोहरुमा निर्णायकको रुपमा धेरैं देखिने गरिएको छ । उनको तस्बिर ट्वीटरमा राखिएको छ । एउटा कन्सर्टमा प्रस्तुती दिएपछि उनले समुद्री खाना खाएका थिए । एजेन्सी

Facebook Comments

LEAVE A REPLY