हिमपातले जनजीवन प्रभावित, टेलिफोन सेवा अवरुद्ध

82
Kara Murphy has lived in Millcreek Township, Pennsylvania, for 15 years and says she's never seen snow like this. Murphy took this photo at about 7:30 on Tuesday morning. She says they cleared the snow off of her in-laws' car last night, and it is covered in snow again. "My husband's guessing we??ve got 3 feet but it??s drifting in spots higher than that," she said. "We had a plow come down our street overnight but it??s impassable again," she said.

–सर्जना कार्की 

रुकुम (पूर्व), हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुम (पूर्व) को उच्च हिमाली बस्तीमा भारी हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । 

केही ठाउँमा बुधबारदेखि लगातार पानी परिरहेको छ भने केही ठाउँमा हिमपात भइरहेको छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका, भूमे गाउँपालिका, सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ, दादिङ, झिङ्ग्री, रुमालबारालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि दैनिक कामकाजमा समस्या आएको छ । 

उच्च हिमाली क्षेत्रको चरन क्षेत्रमा भारी हिमपात हुँदा वस्तुभाउलाई चरन क्षेत्रको अभाव भएको स्थानीयवासी कर्मसाही घर्तीले बताउनुभयो । हिमपातकै कारण सवारीसाधनसमेत आवतजावतमा समस्या हुने गरेको उहाँको भनाइ छ । 

हिमपातसँगै बिहानै घाँसदाउरा गर्ने स्थानीयवासीलाई अफ्ठ्यारो भएको सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमपात भएकै कारण चिसो निकै बढेको छ । सबैका घरमा वस्तुभाउले घाँस खान पाएका छैनन् । घरबाहिर निस्कन गाह्रो भइरहेको छ, घाँसदाउरा गर्ने त परैको कुरो हो ।” 

स्थानीय स्वास्थ्य संस्थामा बिरामीको चापसमेत बढेको छ । पाँच हजार ९०० मिटरदेखि सात हजार २०० मिटरसम्म अग्ला चार वटा हिमाल अवस्थित भएकाले पनि रुकुम (पूर्व) मा चिसो बढेको हो । अहिले स्थानीय चिसोबाट बच्न जङ्गलबाट ल्याएका दाउरा बालेर बसिरहेका छन् । हिमपातकै कारण बालीनाली तथा तरकारी खेतीमा क्षति पुगेपछि स्थानीयवासी चिन्तित छन् । 

टेलिफोन सेवा अवरुद्ध 

हिमपातका कारण जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि जिल्लामा टेलिफोन सेवा अवरुद्ध हँुदा नागरिकले सास्ती खेप्नुपरेको छ । जिल्लास्थित नेपाल टेलिकमका सबै टावरहरु सोलारको ब्याट्रीबाट सञ्चालित छन् । लगातार चार दिनसम्म घाम नलाग्दा र हिमपात हुँदा सोलारको ब्याट्री चार्ज हुन नपाउँदा टेलिफोन सेवा अवरुद्ध भएको टावरको देखवाल गर्ने कर्मचारी रामबहादुर विकले जानकारी दिनुभयो । 

फोनसेवा अवरुद्ध हुँदा कार्यालयहरुमा पनि कामकाज गर्न अफ्ठ्यारो भइरहेको छ । शुक्रबारदेखि एनसेल र नेपाल टेलिकमको दुवै फोनसेवा अवरुद्ध भएका हुन् । एनसेलमा भर्खरै मात्र नेटवर्क आएको छ । नेपाल टेलिकमको भने घाम नलागुन्जेलसम्म फोन सेवा अवरुद्ध हुने कर्मचारी विकले बताउनुभयो । 
रासस

Facebook Comments

LEAVE A REPLY