नेपाल आईडल बिजेता बुद्ध लामाको यस्तो फ्यान, जबर्जस्ति स्टेजमै चढेर हानिन् पोज-पोजमा सेल्फी (भिडियो सहित)

24

ईटहरी/ कुनै पनि सेलिब्रेटिको फ्यान हुनु खासै नौलो हैन तर हदै सम्म पार गर्ने गरि फ्यान बन्नु भनेको अरुको लागि हासो र नौलो पनि बन्न सक्छ । यस्तै भएको छ धरानमा । नेपाल आईडल सिजन १ का बिजेता बुद्ध लामा एक कार्यक्रममा स्टेज चढेर गीत गाउदै थिए । उनले आफ्नो सहित अरुको चर्चित गीत गाई रहेका थिए । कार्यक्रमको अन्त्यमा पुगेका उनले दर्शक संग बिदा माग्दै थिए । त्यहीबेला एक युवती स्टेज चढेर उनि संग सेल्फी खिच्न थाले ।

उनको त्यो क्रियाकलाप हेरिरहेका स्टेज अघिका दर्शकले हो हल्ला संगै गालि गर्न थाले तर पनि उनले बुद्ध संग पोज पोजमा आफ्नै तालले सेल्फी खिचिरहिन । केहि बेरमै आयोजकका केहि व्यक्ति आएर उनलाई स्टेजबाट हटाउन खोज्दा पनि नमानेर जबर्जस्ति गर्दै उनीहरुलाई धकालिइन । तर उक्त सेल्फी हनाईले दर्शकको होहल्ला बढेको कारण बुद्धलाई स्टेजको अर्को तिरबाट लग्न खोज्दा सेल्फी हान्नेहरुको अर्को भिड फेरी स्टेजमा पुगेको रमाईलो हेर्न लायकको देखिएको थियो । 

Facebook Comments

LEAVE A REPLY