सङ्घीयताप्रति सरकार प्रतिबद्ध छ : कानूनमन्त्री ढकाल

47

विराटनगर, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीय सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । 

प्रेस चौतारी मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले संविधान र सङ्घीयतालाई कार्यान्वयन गराउन सरकारले कानून निर्माण गरिरहेको जानकारी दिनुभयो । 

मन्त्री ढकालले मुलुकको ३३९ कानूनमध्ये १६५ निर्माण भइसकेको जानकारी दिँदै थप कानून संशोधन र निर्माण प्रक्रियामा छ भन्नुभयो । 

वाइडबडी जाहाजका विषयमा उत्पन्न विवादलाई समस्या समाधान गर्न छानबिन समिति बनिसकेको छ भन्दै मन्त्री ढकाले सत्य निरुपण मेलमिलाप आयोगका पदाधिकारीको म्याद समाप्त भए पनि आयोगको म्याद समाप्त नहुने उल्लेख गर्नुभयो । 

चौतारीका अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले न्यायालयप्रति जनताको विश्वास बढाउन सरकारले न्याय परिषद्मा उचित परामर्श र छलफल भइरहेकामा पनि जोड दिनुभयो । 
रासस

Facebook Comments

LEAVE A REPLY