काठमाडौंमा मेघगर्जनसहित वर्षा, पूर्वका पहाडी जिल्लामा हिमपात र हुरी

70

आज (शनिबार) पनि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेको छ।

काठमाडौंमा बिहानैदेखि मेघगर्जनसहित वर्षा भइरहेको छ। काठमाडौं चन्द्रागिरिमा आज हिउँ परेको छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा पानी पर्नेछ।

सोलुखुम्बुसहित पूर्वका पहाडी जिल्लाको अधिकांश उच्च भूभागमा वर्षातसँगै हिमपात भइरहेको छ।

सल्लेरीसहितका तल्लो भूभागमा तीव्र गतिमा हावा पनि चलेको छ। सल्लेरीबाट देख्न सकिने डाँडाकाँडा हिउँले सेताम्य भएका छन्। चिसोका कारण जनजीवन कष्टकर भएको छ। 

हावाहुरीका कारण सोलुखुम्बुमा टेलिफोन सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन्।

हावाहुरीले सोलुखुम्बुको पत्तालेस्थित नेपाल टेलिकमको एन्टेनामा असर पारेपछि फोन सेवा प्रभावित भएको नेपाल टेलिकम सल्लेरीका प्रमुख श्याम कठायतले जानकारी दिएका छन्।

हावाहुरीका कारण टेलिकमको ल्याण्डलाइन, नमस्ते, स्काईलगायत टेलिफोनमा टावर आउने जाने भइरहेको छ।

जिल्ला सदरमुकाम क्षेत्रको मुख्य टावर रहेको पत्तालेमा हिमपात तथा तीव्र गतिको हावाका कारण सम्पर्कविच्छेद भएको हो।

आइतबारदेखि मात्र मौसम सुध्रने मौसमविद्ले बताएका छन्।

Facebook Comments

LEAVE A REPLY