प्रथम सुप्रिम इन्टरनल तेक्वान्दो प्रतियोगिता सम्पन्न

57

काठमाडौं । प्रथम सुप्रिम इन्टरनल तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । स्वयम्भू भगवानपाउ स्थित सु्प्रिम स्कुल तेक्वान्दो डोजाङ्गले सुप्रिम स्कुलमा गत माघ २३ गते बुधबार प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुष २० देखि २५ केजी तौल समुहमा निश्चल घर्तिमगर प्रथम, त्रिजन चौधरी दोस्रो तथा युकेश तामाङ्ग र पेमा डेण्डी शेर्पा तेस्रो भए । यसैगरी २१ देखि २५ केजी महिला तर्फ देवयानी कुवँर प्रथम र कृतिका थापा दोस्रो भएका छन् ।

यस्तै पुरुष २८ देखि ३३ केजी तौल समुहमा विश्वास तामाङ्ग प्रथम भएभने अमन माझी दोस्रो, लासाङ्ग वाइबा र सोनाम तेनजिङ्गले तेस्रो पदक जित्न सफल भए । यस्तै महिलातर्फ तारा वाइबा, हिना मगर, सुवानी तामाङ्ग र परी थकाली क्रमश पहिलो, दोस्रो र तेस्रो हुन सफल भए । यसैगरी ३८ देखि ४६ केजी तौल समुहको पुरुष तर्फ अमृत राना प्रथम, आशिस मगर दोस्रो तथा धुन्दुप लामा र उत्सव लुमरे मगरले तेस्रो स्थान हासिल गरे । यस्तै ३० देखि ३५ केजीको महिला तर्फ रमिला श्रेष्ठ प्रथम, मनिसा सुनुवार दोस्रो तथा तुलसा श्रेष्ठ र एलिजा शेर्पा तेस्रो भए ।
यसैगरी पुम्सेतर्फ देवयानी कुवँर, विश्वास तामाङ्ग, स्पन्दन श्रेष्ठ र सुवानी तामाङ्गले प्रथम स्थान हासिल गर्न सफल भएका थिए । उत्कृष्ठ प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कविराज खड्गी एवं सुप्रिम स्कुलका प्रिन्सिपल श्याम श्रेष्ठले पदक तथा प्रमाणपत्र प्रदान गरेको डोजाङ्ग प्रमुख मोहम्मद ताज आलामले जानकारी दिनुभयो ।

Facebook Comments

LEAVE A REPLY