विदेशमा आर्थिक कुटनीतिलाई मजबुत बनाउ चेम्बरको आग्रह

67

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले राजधानीमा बिभिन्न मुलुकहरुमा नेपालको राजदूत नियुक्ती भइ आफ्नो जिम्मेवारी वहन गर्न जानु लागेका नवनियुक्त राजदुतहरुको समुपस्थितिमा बधाइ, शुभकामना तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नवनियुक्त सबै राजदुतहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पुरा गर्नको लागि देशभित्र र देश बाहिर अनुकुल वातावरण कायम गर्न सरकार लागि परेको अवस्थामा आर्थिक कुटनीतिलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन । सो कामको लागि राजदुतहरु ’रिसिभिंग स्टेट’ मा देशको प्रतिनिधि भएकोले उनीहरुको भूमिका प्रधान हुने कुरा समेत समेत अध्यक्ष श्रेष्ठले बताए ।

राजदुतहरुले नेपालको राष्ट्रिय स्वार्थ पुरा गर्नलाई नेपालको ब्यापार प्रबद्र्धन, लगानी अभिबृद्धी, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा बिशेष पहल गर्न अपील समेत गरेका छन् ।
भारतका लागि नेपालका नव–नियुक्त राजदुत निलाम्बर आचार्यले देश समृद्ध बन्नलाई उत्पादन र निर्यात बढ्नु पर्ने कुरा बताए । साथै उनले चेम्बर र राजदुतहरु महत्वपूर्ण साझेदार भएको कुरा समेत उल्लेख गरे । चेम्बरले बिश्वब्यापी रुपमा नेपालमा बन्दै गएको लगानीमैत्री वातावरणको प्रचार गर्नुपर्ने कुरा उल्लेल्ख गरे ।
मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नेपाली उद्योगीहरु ब्यापारी मात्र नभै उत्पादनकर्ता समेत भएको कुरामा जोड दिए ।
इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले लगानीकर्ता भित्राउन आफुले सक्दो पहल गर्ने कुरा बताइन । उनीले आफु नेपाली महिला व्यवसायीहरु र इजराइलका महिला व्यवसायीहरुको बिचमा सम्बन्ध स्थापित गर्न प्रयासरत रहने कुरा समेत व्यक्त गरिन ।
संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राईले सन् २०२२ सम्ममा अति कम बिकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन र सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्र बन्न नेपालले आफ्नो ब्यापारमा भरि मात्रामा सुधार गर्नु पर्ने कुरा उल्लेख गरे। संयुक्त अरब इमिरेट्सको लागि नेपाली राजदुत कृष्णप्रसाद ढकाल, थाईल्याण्डका लागि नेपाली राजदुत गणेश ढकाल, स्वीटजरल्याण्डका लागि नेपाली राजदुत मणी भट्टराई, फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारी र कुवेतका लागि नेपाली राजदुत दुर्गा शर्माले आफुहरुले आफ्नो कार्यकालभरि समृद्ध नेपाल सुखी नेपाली को नारालाई सार्थक तुल्याउन लाग्ने कुरा बताए ।

Facebook Comments

LEAVE A REPLY