बैशाख २० मा ‘काउसो’ लाग्ने

24

काठमाडौं । मदन घिमिरे निर्देशित चलचित्र ‘काउसो’को ‘चिटिकै परिछ्यौ, लाग्यो लाग्या लाग्योे काउसो….’ बोलको गीत युट्युव मार्फत केही समय पहिले सार्वजनिक गरिएको थियो जुन गीत यतिबेला चर्चामा रहन सफल भएको छ । शुक्रबार हाईलाईट नेपालले ‘काउसो’को टेलर सार्वजनिक गरेको छ । बैशाख २० गतेबाट देशभर एक साथ चलचित्र ‘काउसो’ प्रदर्शनमा आउने तिथि तय भएको जानकारी निर्माणपक्षले गराएको छ ।

भोजराज देवकोटाको लेखन, हाँस्य प्रधान चलचित्र ‘काउसो’मा सविन श्रेष्ठ, नविन आचार्य, अनु पराजुली, अर्जुन गुरुङ, रामचन्द्र अधिकारी, रमेश बुढाथोकी,सुरेन्द्र चापागाई, शान्ताकारम थापा, सनि भट्टराई, उग्रशेन ढुंगाना, वाल कलाकार असिम तिमल्सिना आदिको अभिनय रहेको छ । निर्मातामा सिताराम तिमल्सिना ‘ज्याक’, कार्यकारी निर्माता भगवान खत्री, प्रस्तुतकर्ता अर्नभ वस्नेत रहेको यस चलचित्रको गीत, कथा निर्देशक घिमिरेकोे रहेको छ ।

Facebook Comments

LEAVE A REPLY