नेपाली एनआरएन द्धारा जापानमा खपाँगी र प्रसाईं सम्मानित

44

लामो समय देखि विभिन्न पेशामा कार्यरत जापानमा बसोबास गर्दै आईरहेका नेपाली एनआरएन टोलीले नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’ र करातेका प्रमुख प्रशिक्षक शोभित राज प्रसाईं लाई जापान स्थित टोकियो शहरमा एक विशेष कार्यक्रम बिच सम्मान गर्यो ।

जापानमा बसोवास गरिरहेका एनआरएनका महा-सचिव बुद्धी राज घिमिरे ,ब्यवसायी शिव पौडेल,कुमार कार्की, रुपेन्द्र महर्जन, नरेश महर्जन, लखन रिजाल, सरोज प्रधान , रन्जित प्रधान लगायत सयौंको संख्यामा उपस्थित जापानमा वसोबास गरिरहेका नेपालीहरुले फूल,माला ,खादा, अविर लगायर सम्मान गरेका थिए । सम्मान कार्यक्रम पछि नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’ ले यो सम्मान ले आगामी दिनका निम्ति एउटा थप जिम्मेवारी थपिनुका साथै आफुहरुलाई थप हौसला प्रदान भएको र एनआरएनका निम्ति ऋणि भएको बतानुभयो ।

त्यसैगरी करातेका प्रमुख प्रशिक्षक शोभित राज प्रसाईं ले यस प्रकारको सम्मानले हामी नेपालीहरु जहाँ रहेतापनि एकीकृत रहेको सन्देश दिएको बताउनु भयो । साथै नेपाली कराते खेल र खेलाडीहरुलाई आगामी दिनहरुमा साथ,सहयोग र समर्थन गर्न आग्रह गर्नुभयो । त्यसैगरी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनका महा-सचिव बुद्धी राज घिमिरेले आफुहरुले यो सम्मान गर्न पाउँदा अति नै गौरवान्वित महशुस गरेको वताउनुभयो । साथै नेपाली कराते खेल लगायत मुलकको नाम अन्तराष्ट्रिय जगतमा फैलाउन सफल हुने खेल तथा खेलाडीहरुलाई आगामी दिनहरुका सम्मान र सहयोग गर्दै जाने बताउनुभयो । उक्त कार्यक्रममा व्यवसायी शिव पौडेल, कुमार कार्की लगायत महानुभावहरुले मन्तव्य ब्यक्त गरेका थिए ।

नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’ र करातेका प्रमुख प्रशिक्षक शोभित राज प्रसाईं गत शनिवार जापानका ग्र्याण्ड मास्टरहरु मसाया कोहामा र मासुमित्सु कुदाका को विशेष निमन्त्रणामा जापान प्रस्थान गरेका थिए । उनिहरु शनिवार स्वदेश फर्कनेछन ।

Facebook Comments

LEAVE A REPLY