करातेका प्रमुख प्रशिक्षक र सचिव जापान प्रस्थान

59

करातेका प्रमुख प्रशिक्षक शोभित राज प्रसाई र नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’ शनिबार जापान प्रस्थान गरेको छ । प्रमुख प्रशिक्षक प्रसाईं र सचिव खपाँगी जापानको टोकियोमा करातेको विशेष प्रशिक्षणको लागि विशेष निमन्त्रणामा त्यस तर्फ प्रस्थान गरेको हो । उनिहरुलाई जापानको नारिता बिमानस्थलमा जापानका ग्र्याण्ड मास्टर मात्सुमित्सु कुदाका र जापानमा बसोवास गर्दै आएका नेपाली शुभचिन्तक एबम् खेलकर्मीहरुले स्वागत गरेका थिए । ५ दिने कार्यक्रम पश्चात प्रमुख प्रशिक्षक शोभित राज प्रसाई र नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’ शुक्रबार स्वदेश फिर्ता हुनेछ ।

प्रशिक्षक शोभित राज प्रसाई र नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’
Facebook Comments

LEAVE A REPLY