अनेरास्ववियु नेता जोशीमाथि टाउकोमा रड प्रहार , आक्रमण गर्नेलाई कारवाहीको माग

54

काठमाडौँ – अनेरास्ववियुले अमृत साइन्स क्याम्पसका आफ्ना नेता कमलराज जोशीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ । अनेरास्ववियुका महासचिव ऐन महरले आज विज्ञप्ति जारी गदै जोशीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्नु भएको हो । शुक्रबार दिउँसो क्याम्पसमा रहेका बेला जोशीमाथि रड प्रहार गरिएको उहाँले जानकारी दिनुभयो ।

टाउकोमा गम्भीर चोट लागेको उहाँको अहिले ठमेलस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ । काठमाडाँै महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले सिसीटिभी क्यामेराबाट फुटेज सङ्कलन गरी रड प्रहार गर्नेको खोजी कार्य भइरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार तीन चार जनाको समूहमा आई जोशीमाथि रड प्रहार गरिएको थियो । प्रवक्ता बोगटीले क्याम्पसकै खेमबहादुर सिंहसँगको विवादमा जोशीमाथि रड प्रहार गरिएको बताउनुभयो ।

Facebook Comments

LEAVE A REPLY