‘तु जान लेबु हमार’ भन्दै मिश्र

52

काठमाडौं नायक तथा भोजपुरी गायक श्याम कुमार मिश्रको भोजपुरी पप गीत श्रोता माझ आएको छ । मिश्रको आफ्नै स्वर रहेको ‘तु जान लेबु हामार का….’ बोलको लिप्सिङ सहितको भिडियो के.के स्टुडियो गोरखपुर मार्फत शुक्रबार सार्वजनिक भएको हो ।

केही दिनमा मिश्रको अर्कोे ‘गोरी तु तो बाटु रुपके खजना, देखा हम तो बाटी हो तोहरे दिवाना…’ बोलको भोजपुरी पप गीत बजारमा आउने गायक मिश्रले बताए । के.के. सिंहको सङ्गीत रहेको भोजपुरी पप गीतको सिडी एल्बम अब केही समयमै स्रोतामाझ ल्याउने तयारीमा छु, मिश्रले बताए । कपिलवस्तु, कृष्णनगर निवासी श्याम भोजपुरी तथा नेपाली गीत, सङ्गीतमा मात्र नभएर नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रतिभा हुन् ।

Facebook Comments

LEAVE A REPLY