व्यवस्थापकीय दखलतालाई अव कुटनीतिक कौशलातामा बदल्नु पर्छ : चेम्बर अध्यक्ष

40

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले इजरायलकालागि नेपाली राजदूतमा नियुक्त भएका डा. अन्जान शाक्यलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । चेम्बर भवन कान्तिपथमा सम्पन्न सो कार्यक्रममा नेपालका लागि इजरायलका राजदुत बेनी ओमरको विशिष्ट आतिथ्यता सो कार्याक्रम गरेको चेम्बरले जनाएको छ । सम्मान तथा बिदाई कार्यक्रमलाई चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले डा. शाक्यले व्यवस्थापकीय दखलतालाई अव कुटनीतिक कौशलातामा बदल्नुपर्ने दिन आएको बताएका छन् । उनले भने,‘ जसरि नेपाल महिला चेम्बरको संस्थापक सभापति भएर महिला व्यवसायीहरुलाई शशक्तिकरण तथा संगठित गर्ने काम गरि उच्च व्यवस्थापकीय र नेतृत्वदायी भूमिका खेल्नु भयो, त्यो भन्दा अझैं उच्च तहको कुटनीतिक कौशलता प्रदर्शन गरि दुई देशको सम्बन्धलाई आपसी हितमा प्रयोग गर्ने बेला आएको छ ।’
उनले नेपाल चेम्बर अफ कमर्समा आबद्ध भएर उद्योग तथा बाणिज्यको क्षेत्रमा काम गरि प्रयाप्त अनुभव हाँशिल गरिसकेकी डा. शाक्यले अब इजरायलका लागि नेपाली राजदुतको रुपमा काम गर्दै गर्दा नेपालको कृषि उत्पादन, पर्यटन, प्रबिधि हस्तान्तरण तथा ’फ्लोरिकल्चर’ को प्रबद्र्धनमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने बताए ।
२०१९ को मार्चमा हुने लगानी सम्मेलनमा यी क्षेत्रहरुमा इजरायलबाट लगानी भित्राउन डा. शाक्यले पहल गर्नुपर्ने कुरा समेत उनले जनाए । अध्यक्ष श्रेष्ठले भने,‘डा. शाक्यको नेतृत्वमा एउटा स्पिरिटमा सुरु गरेको नेपाल महिला चेम्बरलाई थप उचाईमा पु¥याउन उच्च हौशला र प्रेरणाका साथ् अन्य सम्पूर्ण महिलाहरु अझैं शशक्त ढंगबाट लाग्नुपर्दछ ।’ नेपाल चेम्बर अफ कमर्सले सक्षम व्यवसायिक महिला मात्र होइन, महिला राजदुत समेत जन्माएको कुरालाई सम्झेर सम्पूर्ण महिलाहरु यसलाई प्रेरणाको रुपमा लिएर अघि बढ्ने समय आएको कुरामा समेत उनले जोड दिए ।
नेपालका लागि इजरायलका राजदुत बेनी ओमरले नव–नियुक्त नेपाली राजदुत डा. अन्जान शाक्यलाई बधाई ज्ञापन गर्दै व्यवस्थापकीय कौशलता भएका राजदुतको पालामा नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ हुने बिश्वास व्यक्त गरे । उनले नेपालको कृषि–प्रविधिको आधुनिकीकरण, अर्थ–पर्यटनको प्रबर्दन तथा भौतिक पूर्वाधारको निर्माणमा जोड दिए । साथै इजरायलको सरकारले नेपाललाई यी क्षेत्रहरुमा सहयोग गर्न पहल गर्ने कुरा राजदुत ओमरले बताए । डा. शाक्यले आफु नेपालको हितमा र नेपालमा लगानी भित्राउन कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेकीछिन् । आफुले प्राप्त गरेको यो जिम्मेवारीको पछाडी नेपाल चेम्बर अफ कमर्सको पनि ठुलो योगदान रहेको भन्दै उनीले चेम्बरलाई धन्यवाद व्यक्त गरिन । आफु राजदुत भएर जाँदैमा नेपाल चेम्बर अफ कमर्स र नेपाल महिला चेम्बरलाई कदापी नबिर्सने भन्दै यी दुवै संस्थाको लागि अझैं ठुलो योगदान गर्न लागिपर्ने कुरा समेत व्यक्त गरिन । उनले नेपाल सरकार र इजरायलको सरकारलाई समेत धन्यवाद व्यक्त गरिन । बिशेषगरि जनसम्बन्धलाई थप बलियो पार्ने तथा नेपालको कृषि–प्रबिधिलाई भित्र्याउन आफुले सक्दो पहल गर्ने कुरा समेत उल्लेख गरिन ।

Facebook Comments

LEAVE A REPLY