खुल्दैछ ४५ सय वर्ष पुरानो ‘प्रेम जोडी कंकाल’को रहस्य

75

भारतको हरियाणामा हडप्पा सभ्यतासँग जोडिएको ४५ सय वर्ष पुरानो एक प्रेम जोडीको कंकाल भेटिएको थियो।

सन् २०१६ मा भारत र दक्षिण कोरियाका वैज्ञानिकले हिसार जिल्लाको राखीगढा गाउँमा दुई कंकाल एकै चिहानमा फेला पारेका थिए।

सोही वर्षदेखि कंकालको रहस्यका बारेमा उनीहरु अनुसन्धानमा लागेका थिए। यस घटनाको समाचार विश्वस्तरमै प्रकाशित भइसकेको छ।

भारतका पुरातत्वविदले भनेका छन्,‘एक महिला र एक पुरुषको यस कंकालले एक आपसमा हेरेकोजस्तो देखिन्छ। लाग्छ उनीहरु प्रेम जोडी हुन्। उनीहरुको एकै समयमा मृत्यु भएको हुनुपर्छ। तर उनीहरुको मृत्युको रहस्य अझै खुल्न बाँकी छ।’

अनुसन्धानमा खटेका वैज्ञानिकहरुले मृत्युको समयमा पुरुषको उमेर ३५ तथा महिलाको उमेर २५ वर्षको भएको अनुमान लगाएका छन्।

पुरुषको उचाइ ६ दशमलब ८ इन्च तथा महिलाको उचाइ ५ दशमलब ६ इन्च भएको समेत जनाइएको छ।

कंकाल अनुसन्धान गर्दा दुवै सामान्य देखिएका छन्। उनीहरुको विमारीका कारण मृत्यु नभएको जनाइएको छ। पुरातत्व विदहरुले एकै चिहान भएको संस्कारको बारेमा आफूहरुलाई थाहा नभएको बताएका छन्।

राखीगढामा भेटिएका चिहान र मानव कंकाल सबै सामान्य भएपनि प्रेम जोडीको कंकालले अनुसन्धनकर्ता तथा वैज्ञानिहरु चकित बनेका छन्। बीबीसी

Facebook Comments

LEAVE A REPLY