‘डीएसपी हुँ’ भन्दै होटलमा ठग्ने र महिलामाथि दुव्र्यवहार गर्ने अनिल पक्राउ

44

नेपाल प्रहरीको डीएसपी हुँ भन्दै अपराधिक गतिविधि गर्दै आएका भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापा पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले बहालवाल डिएसपी हुँ भन्दै काठमाडौंको दरबारमार्ग र ठमेल क्षेत्रको होटल, रेष्टुराँहरुमा धम्की दिँदै अपराधिक गतिविधि गर्दै आएका थापालाई गएराति पक्राउ गरेको हा। उनलाई कमलादीस्थित तिरुपति होटलको कोठा नम्बर २०३ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

बहालवाला डिएसपी हुँ भन्दै होटल तथा रेष्टुराहरुमा खाएको खानाको पैसा नतिर्ने र महिलाहरुमाथिसमेत दुव्र्यवहार गर्दै आएको विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जाए।

पक्राउ परेका थापा लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। प्रहरी नायव उपरीक्षक बोगटीले उनलाई कीर्ते गरेको अभियोगमा कारबाही प्रक्रिया अघि बढाइएको पनि जानकारी दिए।

Facebook Comments

LEAVE A REPLY