प्रभु बैंक लिमिटेडद्धारा पिबिएल मास्टर्स कार्ड सञ्चालन

41

काठमाडौं– प्रभु बैंक लि.ले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर ग्राहकहरुको लागि पिबिएल मास्टर्स कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले पुस २६ गते काठमाडौंस्थित सोल्टी होटेलमा आयोजित एक समारोहमामार्फत पिबिएल मास्टर्स कार्डको औपचारिक शुभारम्भ गरेको हो । सो कार्डको औपचारिक शुभारम्भ समारोह प्रभु बैंक लिका सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनले गरेका हुन् । 

Digital Payment  क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टर्स कार्ड र नेपालस्थित प्रभु बैंक लि. को साझेदारीमा EMV chip based PBL Mastercard  सञ्चालनमा ल्याइएको हो । 
कार्यक्रममा प्रभु बैंक लि. कार्यवहाक प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले स्वागत मन्तव्य राख्नुहुँदै प्रभु बैंकले मास्टर्स कार्ड सँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याएको बताए । उनले यस कार्डबाट प्रभु बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ्ग कारोबार गर्न सक्ने बताए । 

कार्यक्रममा मास्टर कार्ड दक्षिण एसिया डिभिजन प्रमुख पोरुस सिंहले प्रभु बैंकसँगको साझेदारीमा नेपालमा EMV chip basedPBL Mastercard सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रमको समापन गर्दै प्रभु बैंक लि. का सञ्चालक समितिका अध्यक्ष देविप्रकाश भट्टचनले अन्तर्राष्ट्रिय सञ्जाल रहेको मास्टर्स कार्ड मुख्य एजेण्टको रुपमा रहेको प्रभु बैंकले भविष्यमा थप सहायक एजेण्टहरु नियुक्त गर्दै जाने योजना रहेको बताए । 

Facebook Comments

LEAVE A REPLY