१६औं सत्याग्रहकाे तेस्रो दिनः डा. केसीको स्वास्थ्यमा समस्या

58

सरकार र आफूबीच भएको सहमतिविपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन बहुमतका आधारमा पारित गरेको भन्दै इलाममा १६औं अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखापरेको छ।

इलाम अस्पतालका डाक्टरहरूले उनको स्वास्थ्य परीक्षण गरेका छन्।

उनको रक्तचाप तथा लक्षण हेर्दा सुगरकाे मात्रा कम देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्। तर उनले सुगर चेक गर्न नदिएको भारद्वाजले बताए।

डा. केसीको १६औं सत्याग्रह आज शुक्रबार तेस्रो दिन पनि जारी छ।

सहरी विकास तथा भवन निर्माण विभागको पुरानो कार्यालय रहेको व्यक्तिको निजी घरमा केसीले आफ्ना केही समर्थकका साथ अनशनमा बसेका छन्।

गत बुधबार बिहान बसेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकले सांसद भैरबबहादुर सिंहको संयोजकत्वमा गठित उपसमितिले पेश गरेको प्रतिवेदनलाई बहुतमतका  आधारमा पास गरेको थियो।

प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले भने फरक मत राखेका थिए।

आफूसँग भएको सहमतिअनुसार विधेयक पारित नभएसम्म लडाइ जारी राख्ने केसीले बताएका छन्। संसदको पूर्ण बैठकले सहमतिअनुसार विधेयक परिमार्जन गर्नुपर्ने उनकाे अडान छ। 

Facebook Comments

LEAVE A REPLY