हङकङका निर्माण व्यवसायी जितेन्द्र महर्जनको मुम्बइमा निधन

27

हङकङका उदीयमान व्यवसायी जितेन्द्र (ज्याक) महर्जनको बुधबार भारतको मुम्बइमा निधन भएको छ।

हङकङस्थित जितेन्द्रका साथीहरूका अनुसार केही महिनायता उपचार गराइरहेका उनी रगतमा ह्वाइट सेल कम हुने समस्यबाट पीडित थिए। उपचारकै क्रममा उनी मुम्बै गएको बताइएको छ।

जितेन्द्रको पार्थिव शरीर शुक्रबार बिहान काठमाडौं लगिएको छ।

ललितपुर हरिसिद्धिका ४८ वर्षीय जितेन्द्र हङकङको तुनचुङमा बसोबास गर्थे। सन् १९९५ तिर हङकङ आएका उनी कामदारका रुपमा निर्माण क्षेत्रमा प्रवेश गरेका थिए। इमान्दारी साथ मेहनत गर्दै जाँदा उनी निर्माण क्षेत्रको व्यवसायीका रुपमा उदाए, जो पछिल्लो समय व्यवसायी सुब्बा बस्नेतसँगको साझेदारीमा युनाइटेड कन्स्ट्रक्सन कम्पनी सञ्चालन गर्थे।

युनाइटेड हङकङको निर्माण क्षेत्रमा कामदार सप्लाई गर्ने एउटा प्रमुख कम्पनी हो, जसमार्फत करिब ५०० नेपाली काम गरिरहेका छन्।

Facebook Comments

LEAVE A REPLY