ग्लोबल आइएमई बैंकद्वारा रक्तदान कार्यक्रम आयोजनामा

14

ग्लोबल आइएमई बैंकले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा
निशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ।

‘रक्तदान नै जीवन दान’ हो भन्ने मूल नाराका साथ बिहीबार बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निशुल्क मधुमेह परीक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको थियो।

बुढेसकालमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ। स्थापनाको एक दशकमा बैंक बैंक अफ इएर द २०१४ तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाड २०१६, बेष्ट इम्प्लोयर अफ द इयर २०१८ बाट समेत सम्मानित भईसकेको छ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १३३ शाखा, १४२ एटिएम, एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्गको साथमा मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकाबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपुर्ण योगदान पुर्याउँदै आइरहेको छ।

Facebook Comments

LEAVE A REPLY