गगनलाई मन्त्री बाँस्कोटाको प्रश्न: तपाईंको पालामा डा. केसीका माग कति पुरा भए?

19

डा गोबिन्द केसीका माग कांग्रेस युवा नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा कति पुरा भएका थिए भन्ने प्रश्न सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले गरेका छन्।

चिकित्सा शिक्षामा सुधारको माग गर्दै ईलाम पुगेर अनसन थालेका केसीका मागप्रति पूर्व स्वास्थ्यमन्त्री समेत रहेका कांग्रेसका युवानेता थापाले समर्थन गर्र्दै आएका छन्।

‘डा केसीका माग धेरै पुरा भएका छन्’ मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले भने, ‘करिव ९५ प्रतिसत माग पुरा भइसकेका छन्।’ 

‘उहाँका धेरै माग पुरा भइसकेका छन्, तर पनि उहाँ कहिले जुम्ला कहिले इलाम गएर अनसन बस्ने गर्नुभएको छ’ बास्कोटाले भने, ‘विभिन्न पटक अनसन बस्नेक्रममा उहाँका विभिन्न माग पुरा भएका छन्।’

डा केसीको अनसन विशुद्ध व्यावसायिक उद्देश्यले भएको भन्नेमा आशंका व्यक्त गर्दै उनले थपे, ‘अनसनका नामममा उहाँले खिचडी पनि पकाउनु भएको छ।’

डा केसीलाई समर्थन गरेका कांग्रेसका युवा नेता थापाप्रति लक्ष्यित गर्दै उनले सोधे, ‘डा केसीलाई जसले समर्थन गरेका छन्, उहाँहरुको पालामा चाहिँ कति माग पुरा भएका थिए?’

Facebook Comments

LEAVE A REPLY