पाँचौ सगरमाथा अन्तर्राष्ट्रिय कराते शुरु

16

काठमाडौं । पाँचौ अन्तर्राष्ट्रि सगरमाथा कराते प्रतियोगिता विहीबारदेखि काठमाडौंमा शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतियोगिताको उद्घाटन गर्नुभयो । उहाँले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रममा खेलाडि, प्रशिक्षक एवं अतिथिहरुलाई सम्मान पत्र समेत प्रदान गर्नुभयो ।

प्रमुख अथिति ‘प्रचण्ड’लाई कार्यक्रम आयोजकका तर्फबाट संयोजक एवं शाखा डोजो नक्सालका अध्यक्ष गजेन्द्रबहादुर खपाङ्गी ‘ईश्वर’ले मायाको चिनो प्रदान गर्नुभयो । यसैगरी नेपाल कराते महासंघका अध्यक्ष एवं नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्गले प्रतियोगिता सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । पौष २६ र २७ गतेसम्म काठमाडौंको नक्साल नाराणचौर स्थित स्टार भेन्यूमा सञ्चालन हुने प्रतियोगितामा नेपाल लगायत भारत, भुटान, बंगलादेशका कराते खेलाडिहरुको सहभागीता रहेको छ ।

पाँचौ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालको वार्षिक कार्यक्रम भएको र निरन्तर रुपमा प्रतियोगिताहरु सफलता पूर्वक आयोजना गरिरहेको कार्यक्रम संयोजक एवं शाखाडोजो नक्सालका अध्यक्ष गजेन्दं्रबहादुर खपाङ्गी ‘ईश्वर’ले जानकारी दिनुभयो । कार्यक्रममा स्वगात मन्तव्यका क्रममा बोल्दै उहाँले कराते मात्र नभएर समग्र खेल क्षेत्रको विकासमा आफू सक्रिय रुपमा लागिपरेको र निरन्तर लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Facebook Comments

LEAVE A REPLY