उपचार गर्न नसक्दा गोठमा आगो लगाएर शेरबहादुरले गरे आत्महत्या

39

पायल्स, जण्डिस तथा मृगौला रोगी कार्की उपचारको क्रममा धेरै खर्च लाग्ने भएको र आफूले उपचार गर्न नसक्ने भएपछि अस्पतालबाट फर्केर रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास बसेका थिए । 

उदयपुर – आर्थिक अभावले स्वास्थ्य उपचार गर्न नसक्दा उदयपुरमा एक बिरामीले आत्महत्या गरेका छन् । उदयपुरगढी गाउँपालिका – ४ सातबोटे बस्ने ४८ वर्षका शेरबहादुर कार्कीले परालको गोठमा
आगो लगाएर आत्महत्या गरेका हुन् ।

उनलाई राति बासबसेको घर नजिकै परालको गोठमा आगोमा परी घाइते अवस्थामा गाउँलेले फेला पारेका थिए । आगोमा जलेको अवस्थामा गाउँलेहरुले उद्दार गरेर उपचारको लागि जिल्ला अस्पताल पुर्याएका थिए । उनको बुधबार राति २ बजे उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

आगोमा जलेका मृतक कार्कीको साथमा विषादीसमेत फेला परेकाले घटनाको विस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताउनुभयो । श्रीमतीसँगै रहेका कार्कीले श्रीमतीलाई झुक्याएर गोठमा आगो लगाई आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

Facebook Comments

LEAVE A REPLY