‘गोपी’ माथि श्रम मन्त्री गोकर्ण बिष्टको चासो

16

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘गोपी’ फिल्मको टिमसँग भेटघाट गरेका छन् । सिंहदरबार स्थित मन्त्रालयको कार्यकक्षमा उनले फिल्मका कलाकार निर्माता तथा निर्देशकलाई भेटेका हुन् । मन्त्री विष्टसँगको भेटघाटमा फिल्मका मुख्यकलाकार विपिन कार्की, सुरक्षा पन्तसँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेना सहभागी थिए । सो भेटमा मन्त्री विष्टले फिल्मको ट्रेलरले आफूलाई उत्सुक बनाएकाले थप जानकारीका लागि फिल्मका निर्माण टिमसँग साक्षात्कार गर्न चाहेको बताए ।
‘चाह्यो भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने फिल्मको विषय रहेछ । अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ । सरकारको धारणालाई फिल्मले समेटेको देख्दा एकदमै खुशीलाग्यो,’ मन्त्री विष्टले भने, ‘फिल्म प्रति श्रम मन्त्रालय र व्यक्तिगत रुपमा मेरो पनि नैतिक समर्थन र ऐक्यवद्धता छ ।’ मन्त्री विष्टले आफूले यदाकदा नेपाली फिल्म हेर्न गरेको भएपनि मौलिक फिल्मकमै बन्ने गरेको कुरासँग आफू अवगत भएको बताउँदै नीतिगत रुपमै मौलिक फिल्मलाई प्रवद्र्धधन गर्ने कुरा सरकारसँग राख्ने उनले आश्वासन दिए । उनले फिल्मको बजेट र सुटिङ सम्बन्धी जिज्ञासा पनि राखेकाथिए ।
निर्देशक दीपेन्द्र लामाले श्रममन्त्रीले फिल्मप्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसला मिलेको बताए ।
‘विदेश नताकेर देशमै पसिना खन्याउने युवाहरुको ठूलो जमात छ, देशमा । त्यो समूहलाई फिल्मको माध्यमबाटै भएपनि हौसला प्रदान गर्ने उद्देश्यले देशमै केहीगर्न खोज्ने युवाको कथा भन्ने प्रयास गरेका थियौं,’ लामाले भने, ‘हाम्रो काममा मन्त्रीको नजर परेकोमा हामीलाई हामी आफ्नो उद्देश्यमा धेरधोर भएपनि सफल भएको महसुस भएको छ ।’ लेखक सामीप्यराज तिमल्सेनाले फिल्मले कृषिकर्म गर्ने लाखौं किसानको मुद्दालाई समेट्ने बताउँदै फिल्मले देश छाड्न चाहाने युवालाई फरक तरिकाले सोच्न प्रेरित गर्ने बताए । उनले पनिमन्त्रीको फिल्मप्रतिको चासोले ‘गोपी’लाई मात्रहोइन, मौलिक कथामा फिल्म बनाउन चाहने थुप्रै फिल्मकर्मीलाई प्रेरित गर्ने बताए ।

निर्देशक दीपेन्द्र लामाले श्रममन्त्रीले फिल्मप्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसला मिलेको बताए

Facebook Comments

LEAVE A REPLY