उत्पादनको वातावरण निर्माण गर्न सरकारले के गर्नुपर्छ : प्रधानमन्त्री ओलीले

37

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चेम्बर अफ कमर्ससंग आबद्ध देशैभरिका उद्योगी व्यवसायीहरुलाई आ–आफ्नो क्षेत्रमा उत्पादनको क्षेत्रमा घनिभूत रुपमा लाग्न अपील गरेका छन् । नेपाल चेम्बर दिवस तथा ६८ औं वार्षिक साधारण सभामा उपस्थित जिल्ला तथा नगर प्रतिनिधीहरुसंग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले भने,‘देशको आर्थिक विकास तथा समृद्दी उत्पादन र निर्यातमा भर पर्ने, गाउँ–गाउँमा उत्पादनलाई बढाउदै लैजान तपाई व्यवसायीहरु दत्त–चित्त भएरलाग्नुहोस, उत्पादनको वातावरण निर्माण गर्न सरकारले के गर्नुपर्छ भन्नुहोस, सरकार त्यो काम गर्न तयार छ ।’
उत्पादनको लागि नेपालमा लगानी प्रबर्दन गर्नुपर्ने र त्यसको लागि लगानीमैत्री वातावरण तयार गर्नुपर्ने व्यवसायीहरुको अनुरोधलाई आफुले निकै सकारात्मक रुपमा लिएको कुरा उनले बताएका छन् । राष्ट्रले यस अघि कहिल्यै नगरेको व्यवस्थाको अभ्यास गरिरहेकोले मार्ग पकड्न समय लाग्ने सक्ने भन्दै उनले व्यवसायीहरुलाई धैर्य गर्न समेत आग्रह गरेका छन् । उनले भने,“नेपालले नयाँ व्यवस्था अनुरुपको लगानीमैत्री वातावरण तयार गर्ने भएकोले नेपाली तथा बिदेशी लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गरेर लाभ लिनुहोस ।’ संघीय संसदमा पेश भएका कतिपय ऐन कानुनहरु व्यवसायीहरुको हितसंग बाझिएको देखिएकोले यसको आवश्येक संसोधन गर्नुपर्ने भन्ने चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठको अनुरोधलाई प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको बताएका छन् । मदिरा ऐनको बिषयमा प्रधानमन्त्री ओलीले पर्यटकहरुलाई कुनै अप्ठेरो नपार्ने गरि संसोधन गर्न सकिने र त्यसको लागि व्यवसायीहरुबाट समयमै राय–सल्लाह आउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

६६ वटा जिल्ला तथा ४५ वटा नगरपालिकाबाट आएका चेम्बरका प्रतिनिधिहरु समाबेश उक्त भेट–घाटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ सहित कार्य समितिका अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY