चन्द्रागिरिमा हिउँ परेपछि रमाउँदै पर्यटक

21

काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित पर्यटकीय पर्वत चन्द्रागिरिमा हिउँ परेको छ।

सोमबार चन्द्रागिरिमा बाक्लो हिउँ जमेपछि त्यहाँ पुगेका पर्यटक हिउँमा रमाएका छन्। चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतका पदाधिकारीहरु पनि चुचुरोमा हिउँ खेलेर रमाउँदै थिए।

नेपालको राजनीतिक, सांस्कृतिक र धार्मिक हिसाबले ऐतिहासिक मानिने चन्द्रागिरि हिल्समा केबल कार निर्माण गरी २०७३ साउन २६ गतेबाट सेवा शुरु गरिएको हो। त्यसयता हरेक दिन दुई हजारदेखि २२ सयको सङ्ख्यामा पर्यटक त्यहाँ पुग्ने गरेका छन्।

चन्द्रागिरि हिल्स प्रालिका जनसम्पर्क प्रमुख राजु पौडेलका अनुसार उक्त हिल्समा केबल कार चढेर गतवर्षसम्म करिब साढे सात लाख पर्यटक पुगेका थिए।

Facebook Comments

LEAVE A REPLY