मनमोहन स्मृति कपः प्रहरी सेमिफाइनलमा

14

इनरुवा, यहाँ जारी ‘मनमोहन स्मृति कप’ क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी सेमिफाइनल प्रवेश गरेको छ । 

सुनसरी सदरमुकाम इनरुवास्थित खेल मैदानमा आज भएको प्रहरीले आयोजक शान्तिदीप इनरुवालाई २७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । प्रहरीले दिएको ३७४ रनको लक्ष्य पछ्याएको इनरुवाले ३२ दशमलव २ ओभरमा ९६ रन मात्र बनायो । शान्तिदीपका सोनु मण्डलले २४, सोनु अन्सारीले १७ र आमिर अख्तरले १५ रन बनाए । 

बलिङतर्फ प्रहरीका सागर ढकालले तीन तथा ललित राजवंशीले दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको प्रहरीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३७३ रन बनाएको थियो । प्रेम तामाङ एक्लैले १३७ रन बनाए । उनले ११९ बलको सामना गर्दै चार छक्का र १६ चौका हाने । यस्तै अमित श्रेष्ठले ६९, कुशल भुर्तेलले ७९ तथा सुनिल धमलाले १४ रन बनाए । 

बलिङतर्फ इनरुवाका सोनु मण्डलले १० ओभरमा ८० रन दिएर पाँच विकेट लिए । प्रतियोगीताको म्यान अफ दी म्याच प्रहरीका प्रेम तामाङ भए । 
रासस

Facebook Comments

LEAVE A REPLY