एकजना विदेशी नागरिक घुमाउने गाइडको पारिश्रमिक ३३ लाख !

78

काठमाडौँ । नेपाल एक पर्यटकिय देश हो नेपालमा पर्यटन व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ । यो कुरा हरेक नेपालीहरुलाई लाग्छ कि नेपाल एक सम्भावनको देश हो । हिमालमा काम गर्ने पर्वतारोहण पथप्रदर्शकले ३० हजार अमेरिकी डलरसम्म पारिश्रमिक लिने गरेका छन् । यो हालको विनियम दरअनुसारको करिब ३३ लाख रुपैयाँ हो ।

आरोहीलाई शिखर चढाएर आधारशिविर झारेवापत् उनीहरुले वार्षिक ३३ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । हिमालमा वर्षमा दुई पटक आरोहण हुने समयमा बढीमा दुई महिना काम गरेबापत् पर्वतारोही पथप्रदर्शकले यो पारिश्रमिक लिने गरेका छन् । नेपालमा भएका धार्मिक प्राकृतिक श्रोतहरुले विदेशी नागरिकलाई नेपाल ल्याउन ठुलो भुमिका खेल्ने केहीको दावी रहेको छ ।

नेपालमा पछिल्ला दिनहरुमा फोहोर बढ्दैं गएको र अव्यवस्थीत शहरीकरणले गर्दा पर्यटकहरुमा नेपाल प्रतिको आर्कषणमा कमि आउँने संकेत देखिएको जानकारहरु बताउँछन । नेपालमा पर्यटन व्यवसायलाई उज्वल बनाउँनको लागि प्राकृतिक श्रोत साधनहरुको संरक्षण गर्दै स्वच्छ र निर्मल वातावरण तयार गर्नुपर्ने देखिएको छ ।

Facebook Comments

LEAVE A REPLY