पैसाले पनि किन टिक्न सकेन दिगम्बरको पद ?

25

रोशन कार्की
भनिन्छ, शक्ति र पैसा भएपछि नेपालको कानुनलाई हातमा लिएर जसरी पनि उच्च पदमा नियुक्ती पाउन र लामो समयसम्म टिक्न सकिन्छ भन्ने थियो । तर सो अबस्ता जबसम्म पैसा खर्च गर्नेले केही व्यक्तिलाई मात्र खुशी बनाउदाँ करोडौ तिर पुनः नियुक्ति भएको ४ महिना पनि नपुग्दै पदबाट बाहिरीनु प¥यो । बहुमतको सरकार बनाएर भ्रष्टाचार र तस्करीलाई ठाँउको ठाँउमै कारबाही गरी शुन्यसहनशिलताको नारा दिएको केपी ओली शर्मा नेतृत्व सरकारले करोडौं रुपैयाँको थैली लिएर दुईमहिना अघिसम्म अयोग्य भन्दै पदमुक्त गरेका पछि कमिशनमा कुरा मिलेपछि एकाएक योग्य भन्दै नेपाल दुरसञ्चार प्राधिकरणमा नियुक्ती गरीएका दिगम्बर झा पछिल्लो पटक तल्लो तहलाई मिलाउन नसक्दा पदबाट हट्नु परेको छ।
मोटो रकम बुझाएर प्राधिकरणका अध्यक्ष बनेका झा ले राजीनामा किन दिए भन्ने बारे अहिले चर्चाको विषय बनेको छ । उनलाई गत भदौमा ओली सररकाले तेस्रो कार्यकालको लागि प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेको थियो । यसअघि मन्त्रिपरिषद्को गत असार २० को गते बैठकले अघिल्ला सरकारको राजनीतिक नियुक्ति रद्द गर्ने निर्णयसँगै झा पनि अयोग्य भएको भन्दै हटाएको थियो । सरकारले पुनः उनलाई खुला प्रतिस्पर्धाबाट अध्यक्ष पदमा नियुक्त गरेको भनिएपनि अधिल्लो २ महिनाअघि किन अयोग्य भए ? अयोग्य व्यक्ती रातारात कसरी योग्य भएर पुनः सो पदमा नियुक्ती भए सो कुराको चुरो कुरो सत्ता पक्षकै सांसद र नेकपाका ४२ जना सदस्यले थाहा पाएपछि उनलाई राजीनामा गर्न ओली सरकारले नै दवाव दियो र उनले राजीनामा दिए ।
नेकपाको स्थायी कमिटीको बैठकमा उनको नियुक्तिलाई लिएर व्यापक आलोचना भएपछि पत्रकार सम्मेलन गरेर आफ्नो चरित्रहत्या भएको भन्दै पदबाट बाहिरीए तर उनका चरित्र हत्या गर्नेलाई नछोड्ने भन्दै पत्रकार सम्मेलनमा कुर्लिएपनि राजीनामा दिएर लुखुरलुखुर घर गए । २०६९ मा प्राधिकरण अध्यक्ष नियुक्त भएका झाको कार्यकाल तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले थपेको थियो । केपी ओली नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै वैशाख दोस्रो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई अध्यक्षको रुपमा दैनिक कार्यसञ्चालन बाहेकका काम नगर्न निर्देशन दिएको थियो । झा को नियुक्तीलाई लिएर सत्तारुढ नेकपा र सरकारबाहिर चर्काे आलोचना भइनै रह¥यो । दलकै नेताहरुबाट झा कै कारण सरकारको समेत आलोचना भएपछि सूचनामन्त्री गोकुल बास्कोटाले राजीनामा दिन दबाब दिएपछि झाले राजीनामा दिए । ओली नेतृत्वको नयाँ सरकारले झा लाई पदमुक्त गरेपछि उनी अदालत गएका थिए। तर सरकारले उनलाई पुनर्वहाली गर्ने बताएपछि एकाएक सो मुद्दा फिर्ता लिएर बसेका थिए ।
आफू कुशल, योग्य र कर्तव्यनिष्ठ प्रशासक भएकोले नै बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा प्राधिकरणको अध्यक्षमा नियुक्ती दिएको झाको दाबी रहेको छ । वर्तमान सरकारले खुल्ला प्रतिष्पर्धामार्फत उक्त रिक्त पदको लागि विज्ञापन गरेपछि आफूले पनि प्रतिष्पर्धा गरेको र पहिलो नम्बरमा नाम निस्किएको दाबी गर्दै आएका झाले ठूलै थैली बुझाएको समेत आरोप उनीमाथी लागेको छ ।
उनले अल्पसंख्यक वा मधेशी समूदायको समेत भएको भन्दै जातिय द्वन्द्व समेत निम्ताउन चाहेका छन् । उनले सोही समुहदाय भएकै कारणले आफूमाथि यस्तो प्रहार भएको भन्दै पत्रकार सम्मेलनमा कुर्लिए ।
झाले सत्तारुढ दलकै सदस्यहरूले आफूलाई भ्रष्टाचारी भनेर मानहानि गरेको र आफ्नोे चारित्रहत्या गरेको भन्दै न्यायका लागि अदालत जाने चेतावनी दिएका थिए गत बुधबार पत्रकार सम्मेलन गरेर । झाले अदालतबाट आफूले क्षतिपूर्ति माग्न सक्ने बताएपनि अहिले सम्म सो बारेका कुनै कदम अगाडी बढाएका छैनन् । उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘मेरो प्रतिष्ठाको लागि चरित्रहत्या भयो । मेरो प्रतिष्ठामा आँच आयो, मेरो मानहानी भयो, भोलि (विहिबार) गएर म अदालतमा न्याय माग्न सक्छु । मानहानिको क्षतिपूर्तिसमेत माग्न सक्छु ।’ उनले सो भनेर बाहिरीएसंगै उनको २ वटा विहिबार वित्यो तर अदालतमा मानहानीको मुद्दा दायर गर्न सकेका छैनन् । किनकी उनी नामुद भ्रष्टाचारीको सूचीमा नाम भएपछि अदालतको शरणमा जान नसकेको समेत भनाई एकाथरी कर्मचारीहरुको रहेको छ । सत्तारुढ दल नेकपा स्थायी कमिटीको बैठकमा केही सदस्यहरूले झाको नामै लिएर भ्रष्टाचारीलाई नियुक्त गरेर सुशासन हुन नसक्ने भन्दै सरकारको आलोचना गरेका थिए । केही दिनअघि नेकपा केन्द्रीय कमिटीका केही सदस्यहरूले भ्रष्टाचार गरेको आरोप लगाउँदै झालाई पदबाट हटाउन संयुक्त हस्ताक्षरमा पार्टी सचिवालयमा पत्र बुझाएका थिए । अध्यक्ष झाले देशका दुई÷चारजना कुशल प्रशासकमा आफ्नो नाम आउने दाबी गर्दै आफू चर्चित प्रशासक तर विवादरहित रहेको दाबी गरेपनि उनीमाथी लागेको भ्रष्टाचारको बारेमा भने केही बोल्न चाहेका छैनन् । उनले आफूले भ्रष्टाचार कहिल्यै नगरेको जिकिर त गरे तर उनीमाथीको आरोका बारेमा केही बोलेनन् ।
उनले आफूलाई केही नचाहिएको र देशमा कसरी राम्रो काम गर्न सकिन्छ भन्ने देखाउन मात्रै चाहेको बताएपनि लामो समयसम्म सोही पदमा बसिसक्दा समेत टेलिकमको नेटवर्कमा भने झन बिग्रदै गएको छ । नीजि क्षेत्रको मोवाईल प्रदायक एनसेलसंग कमिशन लिएर नेपाल टेलिकमको नेटर्वकमा खराबी पु¥याई कमाउ धन्धामा लागेको आरोप उनीमाथी लागेको छ । उनले प्रधानमन्त्री केपी ओलीको डिजिटल नेपाल बनाउने सपना साकार पार्न आफू लागिपरेको जिकिर गरेसंगै आफुलाई बरिष्ठ पत्रकार भन्न रुचाउने तर पत्रकारितामा खासै संलग्नता नभएका केही पत्रकारहरुले झाको थैली बोकी सिहदरबार पु¥याउने काम गरेका थिए । झाले आफूले कमाउनका लागि जागिर नखाएको बताए तर सोही सरकारले अयोग्य भन्दै पदबाट हटाउदाँ समेत चुप लागेर बस्ने र पछि ठूलै परिमाणको थैली बुझाएर पदमा पुनःनियुक्त हुनेलाई आम जनताले कसरी लिएका छन भन्ने बारे भने झाको कुनै ध्यान गएको छैन ।
सरकारको सो निर्णयविरुद्ध उनी अदालत पनि गए । अदालतले उनलाई पदबाट तत्काल नहटाउन अन्तरिम आदेश दियो । अन्तरिम आदेशपछि झा पुनर्वहालीका लागि गएनन् र मुद्दा पनि फिर्ता लिए । फेरि गत कात्तिकमा प्राधिकरण अध्यक्षमा झा नै नियुक्त भए । देउवा सरकारको पालामा दोस्रोपटक पनि नियुक्ति गरेको थियो । यसबाट के पुष्टि हुन्छ भने प्रतिस्पर्धाबाट पनि फेरि आएँ । त्यसैले कसैले मेरो कार्यक्षमतामा प्रश्न उठाउन सक्दैन । जुन सरकार आए पनि म नै हुनुको कारण म कुनै पार्टीको कार्यकर्ता होइन । म एउटा व्यावसायिक मान्छे हुँ । काम गर्न आउँछ र काम गर्छु । मेरो योग्यता र क्षमतालाई कदर गरेर ल्याएको हो । भन्दै गर्दा उनलाई पदबाट हटाउन सत्ताकै सदस्यहरु लागेपछि चुपचाप राजीनामा दिएर हिडे ।
उनको भ्रष्टाचारमा अत्याधिक लगाब भएको तत्कालिन समयमा नेपाल आयाल निगमको कार्यकारी निर्देशक भएकै बसख देखिएको हो । विभिन्न शिर्षक उपशिर्षकमा रकम विनियोजन गरेर करोडौ रुपैयाँ कमिशन लिदै आएका झाले निगमको ऋणमा समेत भारी बृद्धि गरेका थिए । तेल चुहाबटमात्र नभए ट्याङकबाटै तेल अनेत्र बिक्री गरी कृतिम अभाब सृजना गरेर धनी भएका झा पछिल्लो समयमा दललाई रकम बुझाएर प्राधिकरणको जिम्मेवारी लिएका थिए । जय होस । प्रतिकृयाकालागि :karkirimn@gmail.com (साभार : जनमन्ञ्च साप्ताहिक)

Facebook Comments

LEAVE A REPLY