नेपाल–इजरायल सम्बन्धलाई सुमधुर बनाउन पहल गर्ने छु : राजदूत शाक्य

72

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स आबद्ध नेपाल महिला चेम्बरले इजराइलका लागि नेपाली राजदूतमा नियुक्त भएकी राजदूत डा. अन्जान शाक्यलाई बधाई तथा बिदाई समारोहको आयोजना गरेको छ । डा. शाक्यको बिदाईपछि महिला चेम्बरको नेतृत्व उर्मिला श्रेष्ठलाई दिइएको छ । परराष्ट्र मामिलामा सक्रिय शाक्यलाई बिदाईका सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षद्धय दिपक मल्होत्रा र कमलेशकुमार अग्रवालले महिला चेम्बरमा सक्रिय महिलाहरुलाई सदस्यता प्रदान गरेका थिए । यही अवसरमा डा. अन्जानका बुबालाई समेत सम्मान गरिएको थियो । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले डा. शाक्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै उनको कार्यकालले नेपाल तथा इजरायलको सम्बन्धलाई प्रगाढ र सुमधुर बनाउनमा विश्वस्त भएको बताए । डा. शाक्य राजदूत भएकोमा एक कर्मठ लगनशिल र योग्य महिलाको मूल्याङकन तथा कदर भएको अध्यक्ष श्रेष्ठले बताए । त्यसैगरी नवनियुक्त महिला अध्यक्ष उर्मिला श्रेष्ठ र उपाध्यक्ष सुषमा शर्मा लगायत सम्पूर्ण महिला चेम्बर परीवारद्वारा डा. शाक्यको सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरीएको थियो।
डा. शाक्यले सबैसंग काधमा काध मिलाउँदै नेपाल इजरायल सम्बन्धलाई सुमधुर बनाउनुका साथै दुवै देशबिचको व्यापार, संस्कृती, प्रविधी, कृषिआदि क्षेत्रमा जोडदार योगदान दिने बचनबद्धता प्रकट गरेकी छिन् । इजरायलका लागि नेपाली राजदूतमा बनेकी शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधीगरेकी छन्। शाक्यसँग परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक भएर काम गरेका अनुभवछ। सँगै उनले अन्तर्राष्ट्रिय सरोकारकेन्द्रको अध्यक्ष भएर काम गरेकी छन् । शाक्य गायिका समेत हुन ।

Facebook Comments

LEAVE A REPLY