रुप र ज्योती भएर के गर्नु कंशाकारको बुद्धि नै ठगी भएपछि…

103

रोशन कार्की

नामको पछाडी ज्याती थपेर गर्नु ज्योती छर्नुपर्नेमा अधिकाशं व्यक्तिलाई ठगी गर्दै धनी हुने रुप ज्योती अन्नत ठगकै सूचीमा दर्ता भए । विभिन्न व्यवसाय देखाउदै र गर्दै आएका रुप ज्योतीको परिवारलेनै ‘ज्योती समुह’ स्थापना गरेर व्यवसाय त सुरु गरे तर सुरुबाट विभिन्न रुप र अनेकरुप देखाएर ठगीधन्दालाई पहिलो प्राथमिकता दिएको पाइयो पछिल्लो पटक ठगी गरेको आरोपमा उनलाई पक्राउ पुर्जी जारी गरेसंगै ।
उच्च घरानीयाँ व्यवसायीको पगरी गुथेका ज्योती ग्रुपका रुप ज्योतीलाई ठगी गरेको मुद्दा परेपछि पक्राउ गर्न प्रहरी परिचालननै गरिएको छ । तर सो परिचालन भएको प्रहरीले संगैभएका रुप ज्योतीलाई भेटेको छैन । उनी फरार सूचीमा रहेका छन् प्रहरीका अनुुसार । धनको दम्भमा नाम पछाडिको थर ‘कंशाकार’ लेख्न छोडेर कुलमा अरुभन्दा फरक हुन नामका पछाडि ‘ज्योती’ थपेर परिवारीक सेटिङमा शाही शासनमा अर्थमन्त्री बनेका ज्योतिले जग्गा दिन्छु भनेर पैसा उठाउदै ठगी गरेको आरोपमा मुद्दा परेपछि उनलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले प्रहरी परिचालन गरेको थियो । विकेन्द्रकृष्ण मल्ललागायत अन्यलाई जग्गा र पैसा केही पनि नदिई ठगीको उजुरी पत्रमा उल्लेख भएपछि र पटकपटक वार्तामा बोलाउदा ज्योती नगएपछि पक्राउ पुर्जिनै जारी गर्नु परेको भनाई प्रहरीको रहेको छ ।
मल्लले ज्यातिले ठगी धन्दानै चलाएको आरोप लगाउदै उजुरी र मुद्दा दर्ता गरेपछि सोही उजुरीको आधारमा महानगरिय प्रहरी परिसर टेकुबाट रुप ज्योतीलाई पक्राउ गर्न गत विहिबार प्रहरी परिचालन गरिएको थियो । त्यस्ता २÷४ वटा विहिबार आएगए तर पक्राउ गर्न परिचालनमा रहेका प्रहरीले ज्योतीलाई भेटेकै छैन । उनीलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको महिनादिन वित्न लाग्दा पनि उनी पक्राउ गर्न प्रहरी सक्षम भएको छैन । तत्कालिन राजा ज्ञानेन्द्र शाहाले सत्ता हातमा लिई शाशन चलाएको समयमा अर्थमन्त्री समेत भएका थिए । सोही समयमा अकुत र अबैध सम्पत्तीलाई बैद्य बनाएर सम्पत्ती संकलन गरेको आरोप समेत लागेको छ ।
यसरी सत्ताकै आँडमा आफुलाई विश्वको धनीको सूचीमा रहेको भन्दै प्रचार गर्ने चौधरी ग्रुपका अध्यक्ष तथा पछिल्लो पटक काँग्रेस प्रबेश गरी संघिय सभाको साँसद रहेका बिनोद चौधरीले पनि तत्कालिन एमालेको सरकारका पुर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पालामा छायाँ अर्थमन्त्रीको रुपमा रही अबैधसम्पत्तीलाई बैद्य बनाएर गैरकानुनी रुपमा पैसा सबै विदेश लगेका थिए । सोही अनुसार ज्योती समुहले पनि तत्कालिन अर्थमन्त्री हुदाँ अबैधरुपमा रहेको सम्पत्तीलाई बैद्य बनाई बसेको आरोप लागेको छ ।
ज्योतिले अपार्टमेन्ट ठगी मुद्दामा उनलाई पक्राउ गर्न गत बिहीबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी सदर गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाका अनुसार रूप ज्योती पक्राउ गर्न प्रहरी परिचालन भएको स्वीकारे । काठमाडौंको बाँसबारी क्षेत्रमा अपार्टमेन्ट बनाउने भन्दै सर्वसाधरणबाट उठाएको पैसा फिर्ता नगरेको आरोपमा महानगरिय प्रहरी परिसरमा रूप ज्योती विरूद्ध जाहेरी परेको थियो । रूप ज्योती ‘ज्योती ग्रुप अफ कम्पनी’ का सहअध्यक्ष समेत रहेका छन् । ज्योती समूह नेपालको पुरानो व्यावसायिक घराना भएको दाबी सो सुमुहले गर्दै आएको छ । आइरन, स्टील, टेक्सटायल तथा पर्यटन, मोटरसाईकल लगायतको क्षेत्रमा सो समूहको लगानी गरेको छ ।
जग्गा ठगी गर्ने उदेश्यलेनै २०७० सालताका नेपालको ठूलो व्यवसायिक घराना ज्योति समूहले हाउजिङमा पनि लगानी गर्ने ‘हल्ला’ चलाइयो । सोही हल्ला चल्नु अघि नै ज्योति समूहले हाउजिङमा लगानी गर्ने रणनीति बनाइसकेको थियो । जसका लागि ल्याण्डमार्क डेभलपर्स प्रालि दर्ता गरेको थियो । कूल १० करोड १० हजार रुपैयाँ बराबरको प्रथम पूँजी भएको कम्पनीमा ज्योति समूहको ५० लाख रुपैयाँकोमात्र शेयर रहेको छ ।
ज्योति समूहकै अर्को कम्पनी स्याकर कम्पनी प्रालिको ९ करोड ५० लाख रुपैयाँको शेयर लगानी रहेको छ । सो स्याकार कम्पनीको नामबाट हिरो ब्राण्डको मोटरसाईकल मंहगोमा बिक्री गर्दैआएको छ भने सरकारलाई बुझाउनु पर्ने कर छली गर्दै आउनेमा चौधरी ग्रुपछि सोही समुहपनि पर्न आउछ । एकपटक मध्यमबर्गीय परिवारका लागि कम लगानीमै घर निर्माण गरिदिने भनेर प्रचार गरेर सर्वसाधारणबाट पैसा उठाएर ठगी गरि बद्नाम भएको जय स्निपिङ मिल्स प्रालिले पनि ल्यान्डमार्क डेभलपर्समा १० हजार रुपैयाँको शेयर लगानी गरेको थियो ।
सो हाउजिङमा काठमाडौंका रैथानेदेखि बाहिरबाट आएर व्यापार व्यवसायमा संलग्नहरुले ‘घर’ किन्न पैसा जम्मा गरेका थिए । सो रकम जम्मा गरेकामध्ये काठमाडौं महानगरपालिका–२६ गल्कोपाखाका बिज्ञेन्द्रकृष्ण मल्लले लामो समयसम्म ज्योती ग्रुपसंग गरेको सझौता अनुसार जग्गा र घर नपाएपछि ठगी गरेको भन्दै रुप ज्योतीलाई विपक्षी बनाई मुद्दा दायर गरेपछि गत विहिबार ज्योतीको असली ज्योती बाहिर देखिन आयो । मल्लले २ जेठ २०७१ मा १० लाख रुपैयाँ अग्रिम भुक्तानी गरेर ल्याण्डमार्क डेभलपर्सले काठमाडौंको बाँसबारीमा निर्माण गर्न लागेको हाउजिङमा आफ्नो क्षेत्र ‘बूक’ गरेको बताए ।
मल्ललाई कम्पनीले ७ आना क्षेत्रफलमा व्यवसायिक प्रयोजनसहितको घर निर्माण गरिदिने प्रतिवद्धता जनाएको थियो । २०७१ जेठबाट हाउजिङ निर्माणको प्रक्रिया शुरु गरेको ल्याण्डमार्कले हाउजिङ निर्माणको सम्पूर्ण जिम्मा सीई कन्सट्रक्सनलाई दिएको थियो । सीई कन्सट्रक्सनलाई ल्याण्डमार्कले हाउजिङ निर्माण मात्र हैन, बिक्रीदेखि बुकिङका सन्दर्भमा सम्पूर्ण निर्णय गर्ने अधिकारी समेत तोकी जिम्मा दिएकोसंगै ठगीधन्दा समेत अगाडी बढ्दै गएको थियो । सीई कन्सट्रक्सन र ल्याण्डमार्कबीच भएको सम्झौतामा सीईले हाउजिङ निर्माणदेखि बिक्री गर्नेसम्मको अधिकार राख्ने उल्लेख छ । नाफामा प्रतिशत बाँडेर लिने दुवै कम्पनीबीच सम्झौता भएको पाईएको छ । मल्लका अनुसार आफुले पटकपटक ज्योतीलाई भेटेर सम्झौता अनुसार जग्गा उपलव्ध गराउन आग्रह गर्दा उल्टो मलाइनै चेतावनी दिदै त्यो जग्गा मिल्दैन, जे गर्न सक्छौ गर भन्दै धम्काएकोभन्दै दुखेसो समेत गरेका छन् ।

सीईले हाउजिङमा हात हालेपछि मल्लले २०७१ को भदौमा थप १ करोड २६ लाख ७५ हजार रुपैयाँ बुझाएको मल्लले बताए । उक्त पैसा सीई कन्सट्रक्सनले बुझेको मल्लको जाहेरीमा उल्लेख छ ।
२२ वटा घर निर्माण गर्ने हाउजिङका लागि सबै घर बूक भइसकेका थिए । तर, काम भने सुस्त गतिमा भएको छ । ल्यान्डमार्कले मल्ललाई बेच्ने भनेर अग्रीम रकम समेत लिइसकेको जग्गामा ज्योति ग्रुपका उपाध्यक्ष डा. रुप ज्योतिको ‘नजर’ परेसंगै उनले सो जग्गालाई हड्प्ने योजना बनाए । विभिन्न बहानामा मल्लको जग्गा हड्पेसंगै गरेको सम्झौता विपरित रुप ज्योतिले पालना नगरेपछि मल्ल प्रहरी–प्रशासनको शरणमा गएको बताए । सुरुमा प्रहरीले उक्त मुद्दा दर्ता गर्न नमानेको मल्ले बताए । प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि मल्ले गृहमन्त्री रामबहादुर थापालाई सम्बोधन गर्दै आफूमाथि रुप ज्योतिबाट अन्याय भएकाले न्याय पाउनुपर्ने भन्दै पत्र लेखेपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै उक्त प्रकरणमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि सो मुद्दाको कारबाही अगाडी बढेको थियो ।
गृहमन्त्रालयबाट प्राप्त पत्रपछि मल्लसंग ल्यान्डमार्क डेभलपर्स र सीई कन्सट्रक्सनबीच त्रिपक्षीय छलफल समेत भयो । त्रिपक्षीय छलफलका क्रममा ल्यान्डमार्क डेभलपर्सले २०७१ भदौमा मल्लले बुझाएको १ करोड २६ लाख ७५ हजार रुपैयाँ ज्योतीले बुझ्नै नमानेको सो संस्थाले जनाएको थियो बार्तामा । सीई कन्सट्रक्सनले उक्त रकम बुझेर मल्ललाई रसिद समेत दिइसकेको थियो । तर, ल्यान्डमार्कले भने ‘तपाईंको खातामा पैसा नै छैन…’ भन्दै उल्टै मल्लमाथि मुद्दा चलाउने चेतावनी दिदै धम्की दिन ज्योतीले लगाएका थिए । यसबीचमा मल्लले गत मंसिर ७ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा रुप ज्योतिविरुद्ध ठगी मुद्दाको उजुरी दायर गरे । प्रहरीले भने आफ्नो उजुरीका विषयमा गम्भीर रुपमा छानबिन प्रक्रिया अगाडि नबढाएको बिज्ञेन्द्रकृष्णको आरोप रहेको छ ।
मल्ले भने,‘घर दिन्छु भनेर २ करोड ७० लाख रुपैयाँ बुझेको मानिसले ठगी गरेका छैन भन्दै प्रहरीले अनुसन्धान नै गर्न मानेको छैन, प्रहरीले उल्टै रुप ज्योतिको पक्षमा कुरा गरिरहेको जस्तो देखिन्छ ।’ यता महानगरीय प्रहरी परिसरले भने ज्योतिका सम्बन्धमा थप अनुसन्धान भई रहेको उनलाई नियन्त्राणमा लिन प्रहरी परिचालन भएको, ठगी मुद्दाको विषयमा मुद्दा प्रक्रिया अगाडि बढाउन सरकारी वकिलसँग छलफल भइरहेको महानगरीय प्रहरी परिसरको दाबी रहेको छ । यसरी उच्च घरानीयाँकै नामबाट ठगी कार्य भएपनि शक्ति र पैसाकै भरमा अहिले सम्म कालोसूची र पक्राउ पुर्जी जारी भएका खेतान ग्रुपका राजेन्द्र खेतान, नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकाललगायतलाई अहिले सम्म पनि प्रहरीले प्रक्राउ गर्न सकेको छैन । खेतानले इन्सुरेन्सको नाममा ठगी गरेको र ढकालले बैकको ऋण नतिरेकाले कालोसूचीमा राखी पक्राउ गर्न बैंककै आग्रहमा पक्राउ पुर्जी जारी गर्न लगाएपनि सरकारले अहिले सम्म उनीहरुलाई नियन्त्रणमा लिएको छ । यसरी सोही अनुरुप ज्योतीपनि पक्राउ नपर्ने पक्का पक्कि भएको भन्दै जनमञ्च साप्ताहिले छापेको छ । जय होस । प्रतिकृयाकालागि :karkirimn@gmail.com

Facebook Comments

LEAVE A REPLY