विश्व पौडीमा सहभागी हुँदै नेपाल

28

काठमाडौँ,  चीनको ग्वाञ्जाओमा मङ्सिर २५ गतेदेखि हुने १४आँै विश्व पौडी प्रतियोगितामा नेपालका चार खेलाडीले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा नेपालबाट सुभम श्रेष्ठले ५० मिटर र सय मिटर ब्रेस्टट्रोकमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै अनुभव सुब्बामा ५० मिटर र सय मिटर बटरफ्लाई, टिसा शाक्यले ५० मिटर तथा सय मिटर फ्रि स्टाइल तथा आयुश्मा तुलाधरले ५० मिटर ब्रेस्टट्रोक र ५० बटरफ्लाई स्पर्धामा प्रतिष्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा ईश्वर कार्की र टिम लिडरमा महेश महर्जन रहेका छन् । प्रतियोगितामा सहभागी हुने टोलीलाई आज राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले बिदाइ गर्नुभयो । रासस

Facebook Comments

LEAVE A REPLY