ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

17

काठमाडौँ,  काठमाडौँ महानगरपालिका–२६ सरकारीधारामा माइक्रोबसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

सामाखुशीको सडकमा आज बा१ज ८४५९ नं को माइक्रोबसको ठक्करबाट झापा केचना गाउँपालिका–३ का तीन वर्षीया जिया यादवको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता जितेश दाहालका अनुसार गम्भीर घाइते यादवको उपचारका क्रममा कान्ति बाल अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । रासस

Facebook Comments

LEAVE A REPLY