आज रौतहट जिल्लाको गरुडा नगरपालिकामा भ्रष्टाचार भएको हुदा मेयर प्रत्यासी उमेदवार सुनिल यादवको नेतुत्वमा नेपाली कांग्रेस पार्टी नगर समितिले व्यापक नारा जुलुस सहित विरोध गर्दै गरुडाको मेयरलाई ज्ञापन पत्र बुझाएको छ ।भ्रष्टाचारी नगर जनताको लागि बिकास गर भन्दै नारा बाजि गर्दै १५ बुदे माग सहितको ज्ञापन पत्र गरुडा नगरपालिका का मेयर इन्दु राय यादव लाई बुजाइएको छ । उक्त बिरोध कार्यक्रम मा गरुडा नगर पालिकाको नेपाली कांग्रेस का मेयर सुनिल कुमार यादव , युवा नेता नितेश कुमार गुप्ता सहित हजारौ नेता कार्यकर्ताको सहभागीता थियो ।
Facebook Comments