सिके राउत पुर्पक्षका लागि जेल चलान

32
OLYMPUS DIGITAL CAMERA

संजय कुमार सहनी 

रौतहट   काठमाडौं : रौतहट जिल्ला अदालतले तराईलाई छुट्टै देश बनाउने अभियान चलाएका सिके राउतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। जिल्ला न्यायाधीश अम्बिका निरौलाको इजलासले राउतलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए। उनका अनुसार राउतलाई रौतहटकै जिल्ला कारागारमा पठाइएको छ।

राज्यविरूद्ध संगठित अपराध गरेको अभियोग लगाएर प्रहरीले रौतहट जिल्ला अदालतमा राउतविरूद्ध मुद्दा दायर गरेको थियो।
उनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दिए। सर्वोच्चले उनको रिट खारेज गरेपछि रौतहट जिल्ला अदालतले उनको थुनछेक बयान र बहस गरेको थियो।

यसअघि, सर्वोच्च अदालतले सिके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको थियो । गत सोमबार न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले रिट खरेज गर्ने निर्णय गरेको थियो ।
राउतलाई प्रहरीले असोज २१ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो । राज्यविरुद्धको संगठित अपराधमा संलग्न भएको आरोपमा राउत विरुद्ध दायर गरिएको मुद्धा अहिले जिल्ला अदालतमा विचाराधीन रहेको थियो ।
गत कातिक १२ गते राउतका आफन्तले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

Facebook Comments

LEAVE A REPLY