नक्खु कारागारमा फोहर थुप्रियो

15

ललितपुर,  लामो समयदेखि नक्खु कारागारमा फोहर थुप्रिएको छ । ललितपुर महानगरपालिकाले पाँच महीनादेखि फोहर उठाएको छैन ।

केही समय अघि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अनुगमनका लागि आउँदा थुप्रिएको फोहर उठाएको कारागारका स्वास्थ्य सहायक नानीमैयाँ दाहालले बताउनुभयो । “त्यतिबेला दुई ट्रक सङ्कलन गरेर फोहरको मात्रा कम गरिएको थियो,” उहाँले भन्नुभयो, “फोहर नियमितरुपमा उठाउन सकिएको छैन ।”

झण्डै एक हजारको हाराहारीमा कैदीबन्दी भएको जेलमा एकै दिनमा ठूलो परिमाणमा फोहर जम्मा हुन्छ । फोहर नउठाउँदा विभिन्न रोगको जोखिम रहेको दाहालले बताउनुभयो । “सरुवा रोगको सम्भावना छ । फोहरका कारण जोखिम बढेको छ,” उहाँले भन्नुभयो, “फोहरको विषयमा महानगरपालिका गम्भीर हुनुपर्छ ।” यहाँ दुई ब्लक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण गरिरहेको छ । नयाँ ब्लक बनिसक्दा कैदीबन्दीको सङ्ख्या अझै बढ्नेछ । रासस

Facebook Comments

LEAVE A REPLY