प्रहरी बुढाले आफ्नो तलबबाट जुम्लाका ४ वटा बिद्यालयलाई सहयोग

45

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत रमन बुढाले समाज सेवा भावनाले उत्प्रेरित हुदै आफ्नो जन्मजिल्लाका विभिन्न विद्यालयहरुमा भौतिक समाग्रीहरुको सहयोग गरेका छन् । विद्यालयको स्तारोन्नतीका लागिभन्दै उनले सहयोग गरेको बताएका छन् । बुढाले जुम्लाका विभिन्न विद्यालयमा भुइँमा बसेर पढ्न बाध्य विद्यार्थीहरुका लागि आवश्यक फर्नीचर लगायतका सामाग्री सहयोग गरेका जनाएका छन् । जिल्लाको पातारासी गाउँपालिका बडा नं ५ मा जन्मीएका बुढाले त्यस क्षेत्रको शैक्षिक बिकासको लागि निरन्तर प्रयास गर्दै आएका छन् ।
सबै व्यक्ति शिक्षित भएमात्र समाज बिकासित हुने भन्दै बुढा आफ्नो तलबको केही हिस्सा विद्यालयमा सहयोगकालागि खर्चिएको बताएका छन् । जिल्लाका शंकर आधारभूत बिद्यालय, गंगा माद्यामिक विद्यालय पेरे, सरस्वती माध्यामिक विद्यालउ रिनी र मालिका माध्यामिक विद्यालय लोटचौरमा फलामे बेञ्च बनाएर बुढाले हस्तान्तरण गरिसकेका छन् ।
बुढाको सहयोग पछि भुइँ छाडेर विद्यार्थीहरु बेञ्चमा बसेर खुसीसाथ अध्ययन गर्न पाएकोमा विद्यार्थीहरु समेत खुशी भएको सो विद्यालयले जनाएको छ । आफू जन्मेको गाउँपालिकालाई शिक्षीत बनाउने अभियानमा आफ्नो सहयोग कार्य निरन्तरर रहने बुढाले जनाएका छन् ।

Facebook Comments

LEAVE A REPLY