नेपाल चेम्वर र टोकियो युनिभर्सिटीबीच समझदारीपत्रमा हस्ताक्षर

16

काठमडौं । नेपाल चेम्वर अफकमर्स र जापान स्थित टोकियो युनिभर्सिटी अफएग्रीकल्चर एण्ड रिसर्च इन्स्टीच्युट वीचदुई पक्षीय समझदारीपत्र हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र टोकियो युनिभर्सिटी अफएग्रीकल्चर एण्ड रिसर्च इन्स्टीच्युटको तर्फबाट निर्देशक हिरोआकीवाकामात्सुले हस्ताक्षर गरेको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समझदारी पत्रमानौ वटा बुंदाहरु छन् । नेपाल र जापानवीचदुई देशवीचको आर्थिक तथा व्यापारिक सम्वन्ध अभिबृद्धिका साथै कृषिको उत्पादकत्व वृद्धि गर्न प्रबिधिको आदान प्रदानका साथै सूचनाको आदान प्रदान गर्ने, दुई देशका व्यापारिक प्रतिनिधि मण्डलहरु बीच पारस्परिक भ्रमण गर्ने लगायतका प्रावधानमा सहमति भएको छ । साथै दुवै देशको वैदेशिक व्यापार तथा लगानी अभिबृद्धिका सन्दर्भमा यस सम्वन्धी सान्दर्भिक सूचना तथा नीति नियमहरुको बिवरण आदान प्रदान गर्ने, व्यापार तथा प्रविधि मेलाहरुमा सहभागिता जनाउनेलगायतका बुंदाहरु उल्लेख छन् । समझदारीपत्रले दुई देशवीचको कृषी, व्यापार अभिबृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
उक्त अवसरमा युनिभर्सिटी अफएग्रीकल्चर एण्ड टेक्नोलजीका प्रोफेसर ताकाओ नितानीले नेपाल कृषि प्रधान मुलुक भएकोले नेपालको कृषिबिकासको लागि सहकार्य गर्न इच्छुक रहेको बताए । नेपाल चेम्वर अफकमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले यस समझदारी पत्रले नेपाल जापानवीचको आर्थिक सम्वन्धमा नयां आयाम थपेको र खास गरेर टोकियो बिश्वबिद्यालयको कृषि अनुसन्धान संस्था संग भएको यस समझदारी पत्रले नेपाल कृषिप्रधानमुलुकभएको हुंदा यसबाट नेपालको लागिउपयोगीप्रबिधितथा ज्ञान प्राप्तहुने बिश्वास गरिएको बताए । उक्त अवसरमा टोकियो युनिभर्सिटी अफएग्रीकल्चर एण्ड टेक्नोलजीका प्रोफेसर टाकाओ नितानी,जापानका लागि नेपाल चेम्वर अफ कमर्सका अवैतनिक व्यापार प्रतिनिधि वलराम श्रेष्ठ का.स. सदस्य राष्ट्रभुषण चाकुबजीको पनि उपस्थिति रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY