सललल कोटेश्वर-कलंकी, लाग्छ विदेशको कुनै शहर जस्तै (भिडियोसहित)

30
राजधानीका केही भागको सडक अन्तर्राष्ट्रिय स्तरको बनेको छ । ती सडकबाट सवारी यात्रा गर्दा विकसित मुलुकमा पुगेको अनुभूति हुन्छ । उपत्यकाको चक्रपथको कोटेश्वर-कलंकी सडक खण्ड आठ लेनमा विस्तार भएपछि अहिले यस्तै दृश्य देखिन्छ ।
सडकको निर्माणपछि यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ, झट्ट हेर्दा विदेशमा देखिने राजमार्ग जस्तै देखिन्छ । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो । चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर कलंकी खण्ड विस्तारको काम लगभग सकिएको छ । केही काम मात्र बाँकी छ ।

Facebook Comments

LEAVE A REPLY