लगानी भित्राउन जहाँ–जहाँ बाधाहरु छन ति बाधाहरु ४ महिनामा हट्छ : मन्त्री अधिकारी

18

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्रप्रसाद अधिकारीले पर्यटन बिकासको माध्यमबाट नेपालको समृद्धि हासिल गरिने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवन, कान्तिपथमा आयोजना गरेको ‘नेपाल–कोरिया आर्थिक सम्बन्धका आयामहरु’ बिषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन । नेपाल पर्यटनको लागि विश्वकै उत्कृष्ट मध्यको एक गन्तब्य भएकोले दक्षिण कोरियाबाट आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न कोरियाली सरकारलाई उनले अपील गरेका छन् । हालै मात्र नेपाल सरकारले देशका उत्कृष्ट सय पर्यटकीय स्थल घोषणा गरेको बताउदै आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन बिगतको भन्दा राम्रो रहेको कुरा उल्लेख गरे ।
पर्यटनको विकास संगसंगै भौतिक पूर्वाधारको बिकासमा पनि उनले जोड दिएका छन् । भौतिक संरचनाको विकास भएन भने पर्यटनको विकास पनि अवरुद्ध हुने उनको दाबी रहेको छ । लगानी भित्राउन जहाँ–जहाँ बाधाहरु छन ति बाधाहरु तिन–चार महिनामा हटाइने उनको दाबी रहेको छ । नेपालका लागि कोरियाली राजदुत पार्कयोंग सिकले नेपालमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योगमा लगानीको सम्भावना भएपनि लगानीको लागि आवश्येक कानुनहरु प्रयाप्त नभएको कुरा बताए । नेपाल–कोरियाबिचको ब्यापार अन्य देशको तहमा हुन नसकेको भन्दै उनले यसलाई बढाउनुपर्ने धारणा व्यक्त गरे । नेपालले पर्यटनको क्षेत्रमा लिएको लक्ष पुरा गर्न आफ्नो देशले सक्दो सहयोग गर्ने कुरा पनि उनले बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा पर्यटन, कृषि तथा औद्योगिक क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई आग्रह गरे । यतिबेला स्थिर सरकार बनेको र सरकार बैदेशिक लगानी भित्राउन गम्भीर भएकाले नेपालमा यतिबेला लगानीको लागि उपयुक्त समय आएको उनले बताए । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल होटेल संघका महासचिव विनायक शाह, कोरियन कम्पनी कोत्राका निर्देशक जेओन ब्युंगजु र कोरियाली पर्यटन संस्थाका उप–निर्देशक किम जेहयोंगले ब्यापार, पर्यटन र लगानीका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Facebook Comments

LEAVE A REPLY