‘च्यालेन्ज फर चेन्ज’का विविध कार्यक्रम सम्पन्न

19

काठमाडौं । समाजमा सकारात्मक परिवर्तनका लागि सकारात्मक सोच र सक्रियतालाई कार्यदिशाका रुपमा अगाडि बढाउने मूल उद्देश्यसहित स्थापना भएको गैरसरकारी संस्था ‘च्यालेन्ज फर चेन्ज’ ले विभिन्न औपचारिक कार्यक्रमहरुको सुरुवात गरेको छ ।

Power of Positive Thinking 390 episode in VENUS PS(+2)/ College Jorpati, Kathmandu

संस्थाले हालै यातायात तथा पारावहन सम्बन्धि एक महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ । पब्लिक ट्रान्सपोटेसन एण्ड ट्राफिक प्रोवलम’ विषयक एक दिने कार्यशाला गोष्ठी रसियन कल्चर सेन्टरमा आयोजना ग्िरएको थियो । कार्यक्रममा नेपालमा सर्वसाधारण जनताले उपयोग गर्ने सार्वजनिक यातायात सेवा, हाल भइरहेका समस्या तथा समाधानका उपायहरुको विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व तथा युवा विद्यार्थीहरुको सहभागीता रहेको आयोजक संस्थाका च्यालेन्ज फर चेन्जका अध्यक्ष रामहरि गिरीले जानकारी दिनुभयो । यसैगरी संस्थाले केही समय अगाडि सकारात्मक सोचको विषयमा एक दिने सेमीनारको आयोजना गरेको छ । पावर अफ पोजेटिभ थिङ्गकिङ्ग नामक उक्त सेमीनारमा युवा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका तर्फबाट अध्यक्ष रामहरि गिरी तथा अन्य विविध क्षेत्रका व्यक्तित्वहरुले सकारात्मक सोचका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

संस्थाले सकारात्मक परिवर्तनका लागि विभिन्न नयाँ किसिमका कार्यक्रमहरु संचालन गर्दैजाने र त्यसको लागि तयारी भइरहेको अध्यक्ष रामहरि गिरीले बताउनु भयो । संस्थाले शिक्षा, स्वास्थ्य तथा रोजगारी लगायत अन्य सामाजिक क्षेत्रमा कार्य गर्ने र कार्यक्रमहरु युवा तथा विद्यार्थीहरुको सहभागीता र सहकार्यमा अगाडि बढाइने समेत अध्यक्ष गिरीजे बताउनु भयो ।

Facebook Comments

LEAVE A REPLY