मेलम्चीको पाइप फ्लसिङ गर्ने कार्यलाई तीव्रता दिँदै आयोजना कार्यान्वयन निर्देशनालय

19

काठमाडौं / मेलम्चीको पानी करिब २८ किमी लामो सुरूङमार्फत् सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झर्नेबित्तिकै उपत्यकामा पानी वितरण प्रक्रिया आरंभ गर्न सकियोस् भन्ने उद्देश्यले मेलम्ची खानेपानी उपआयोजना–०२ को कार्यान्वयनकर्ता निकाय आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ पानी वितरण प्रणालीको एक महत्वपूर्ण अवयव अर्थात् थोक वितरण प्रणालीको सफाइ गर्ने कार्य गरिरहेको छ ।

नयाँ पानी वितरण प्रणालीलाई पूर्णरूपमा संचालनयोग्य बनाउनको लागि जारी अभ्यास अन्तर्गत निर्देशनालयले अभ्यासको क्रममा यदाकदा देखा पर्ने चुहावटजस्ता समस्याहरूको पनि समाधान गरिरहेको छ । निर्देशनालयले क्रमिक रूपमा थोक वितरण प्रणाली अन्तर्गतका ठुला पाइपहरू सफा गरी, निर्मलीकरण गरी क्रमशः साना व्यासका पाइपहरूलाई पनि पूर्ण रूपमा संचालनयोग्य बनाउने उद्देश्य लिइ काम गरिरहेको छ ।

हाल निर्देशनालयले महांकालचौर देखि धोबीखोला, सुकेधारा, नारायणगोपाल चोक, वसुन्धरा र बालाजु माछापोखरी चोक हुँदै बालाजु रिंगरोड चोकसम्मको पाइपलाइन खण्डको फ्लसिङ गर्दैछ ।

खुमलटारस्थित पानीट्यांकीतर्फको थोक वितरण प्रणालीको फ्लसिङ गर्ने कार्य हाल भैरहेको छ भने गौशाला, मनोहरा, एयरपोर्ट गेट, तिनकुने र कोटेश्वर हुँदै चाबहिल–मनोहरा खण्डको फ्लसिङको कार्य पनि भैरहेको छ ।

Facebook Comments

LEAVE A REPLY