पुस्तकालयबाट विद्यार्थीहरुले धेरै कुरा सिक्न उपयोग गराउानु : पुर्वउपप्रधानमन्त्री सिंह

28

काठमाडौं । पुर्वउप्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नम्बर १ का संघिय सासद प्रकाशमान सिहले विद्यालयमा स्थापना गरेको पुस्तकालयलाई विद्यार्थी र शिक्षकमा बहुउपयोग बनाउन सम्बन्धित विद्यालयका व्यवस्थापक र शिक्षकहरुलाई आग्रह गरेका छन् । बुधबार मीनभबन स्थित रहेको सिद्धेश्वर माध्यामिक विद्यालयमा स्थापना गरेको पुस्तकालयको शुभारम्भ कार्यक्रममा सो कुरा उनले बताएका हुन । नेपाली काँग्रेसका बरिष्ठ नेता समेत रहेका सिहले सामुदायिक विद्यालयको विकासमा सवै क्षेत्रबाट रचनात्मक काम गर्नु पर्ने र सो कार्यलाई विभिन्न क्षेत्रमा कृयाशिल भएका संघसंस्थाले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका छन ।

उनले विद्यालयमा भएका कमि कमजोरीका समस्यालाई समधान गर्दै आम व्यक्तिहरुलाई आफ्ना बच्चाहरु सामुदायिक स्कूलमै पढाउने वातावरण तयार गर्न समेत आग्रह गरेका छन् । पुर्वउपप्रधानमन्त्री सिहले आफ्नो क्षेत्राधिकारभित्र रहेर खर्च गर्न पाउने रकममध्ये केही रकम विद्यालयलाई विनियोजन गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी वर्ष स्थानीय पुर्वाधार विकास समितिमार्फत सिद्धेश्वर माविको नयाँ भबन बनाउनकालागि रकम विनियोजन गर्ने समेत बताएका छन् ।
आईरिन नामक संस्थाको सहयोगमा स्थापना भएको सो पुस्तकालको शुभारम्भ सिहले गरेका थिए । सो विद्यालयका प्रचार्य प्रभाकर न्यौपानेले विद्यालयको अबस्था, भौतिक अबस्था र गत वर्ष सहयोग प्राप्त भई केही भौतिक संरचना निर्माण गरेको बताए । उनले भने,‘भुकम्पबाट विद्यालयको भ¥याङ् भत्किएका कारण नेता सिहले सांसद विकास कोषबाट प्रदान गरेको रकमबाट पक्कि भ¥याङ निमार्ण गरेको विवरण सार्वजनिक गरेका छविवरण सार्वजनिक गरेका छन् । यसैगरी, सो विद्यालयमा आबश्यक शौचालय निर्माणकालाथि ३ नम्बर प्रदेशका सासदहरुको पहलमा १० लाख, शिक्षा कार्यालयबाट १० लाख र प्रदेश सासदद्वय गणेश दुलाल र राजेन्द्र गुरुङबाट नपुग रकम उपलव्ध गराउने प्रतिबद्धता सो कार्यक्रममा गरेका छन् ।
अहिले सो विद्यालयमा अध्ययनरत विद्यार्थीकालागि अत्याधुनिक पुस्तकालयमा अध्ययन गर्न पाउने व्यवस्था मिलाएको प्रार्चाय न्यौपानेले बताए ।

हाल रहेको सो पुस्तकालयमा विभिन्न श्रेणीमा अध्ययनरत विद्यार्थीहरु र अन्य व्यक्तीहरुलाई समेत उपयुक्त हुने पुस्तकहरु राखिएको छ । भविश्यमा सो पुस्तकालयलाई ई–पुस्तकालयमा समेत लैजाने योजना विद्यालयको रहेको जनाईएको छ । पुस्तकालयमा हाल धार्मिक, साहित्यिक, सामाजिक तथा समय सान्दर्भिकलगायत विभिन्नखाले पुस्तक रहेको उल्लेख गरिएको छ ।
विद्यालयद्वारा आयोजित कार्यक्रममा सहभागी अधिकाशंले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेकाले सो कार्यलाई सफल बनाई विश्वाशिलो बन्न समेत सम्बन्धित निकायलाई आग्रह गरेका छन् । समाज र स्कूलका शिक्षकको भूमिकामा नङग र मासुको सम्बन्ध हुनु पर्नेमा पनि सहभागीहरुले जोड दिएका छन् ।

सहभागीहरुले बच्चाको चाहनाअनुसारको शिक्षामा जोड दिनु पर्ने बताएका छन् । सहमागीहरुले शिक्षाको गुणस्तरका लागि प्रत्येक सामुदायिक विद्यालयहरुमा ई–पुस्तकालय स्थापना गरिनु पर्नेमा पनि जोड दिएका छन् ।

Facebook Comments

LEAVE A REPLY