यस्तो राक्षस शिक्षक जसको यातनाले विद्यार्थी बेहोस भए !

27

काठमाडौं । ललितपुर, प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएनन । मंगलबार आए तर, असहज मान्दै स्कुल आए । कारण खोतल्दा थाहा भयो, गणित विषय शिक्षक बज्रकिशोर शाहले गृहकार्य नगरेको भन्दै उनलार्य १८० पटक उठबस गर्न लगाएछन् । १५० पल्टसम्म उठबस गरेका दर्शन त्यसपछि बेहोस भए । पछिल्लो आचारसंहितानुसार विद्यार्थीमाथि डर देखाउँन पाइदैन तर यसरी विद्यार्थीलाई यातना दिएर बेहोससम्म गराउँनु आफैंमा एक ठुलो अपराध भएको जानकारहरु बताउँछन । यो थाहा पाएलगत्तै प्रधानाध्यापक ठाकुर भलामा दौडदै पुगे । कसैले दर्शनलाई हम्किन थाले, कसैले पानी छम्किए । झन्डै आधा घण्टापछि उनको झन्डै उनको होस फिर्यो ।

हाफ छुट्टीमा दर्शनलाई नजिकैको स्वास्थ्यचौकी लगियो । विद्यालयले घटना गुपचुप राख्न खोज्यो । अभिभावकलाई जानकारी नै गराएन । होमवर्क नगरेकामा सजाय पाएकाले दर्शनले घरमा पनि केही भन्ने आँट गरेनन् । बाबु कुटनाथले भोलिपल्ट छोराको साथीबाट यसबारे थाहा पाए ।

साभार

Facebook Comments

LEAVE A REPLY