२०७५ साल मंसिर १९ गते बुधबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

20

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल मंसिर १९ गते बुधबार नेपाल सम्बत ११३९ कछलागा,सन् २०१८ डिसेम्बर ५ तारिक कृष्णपक्ष त्रयोदशी तिथि मध्यान्ह १२ वजेर २१ मिनेटसम्म, विशखा नक्षत्र राती ४ वजेर २३ मिनेटसम्म,अतिगण्डयोग,वणिजकरण,आनन्दादियोग धाता,सूर्य वृश्चिक राशीमा,चन्द्रमा राती १० वजेर १७ मिनेटसम्म तुला उप्रान्त वृश्चिक राशीमा ।वारवेला,मुहूर्त र राशी ॐःराहुकालः–अशुभ पूर्वान्ह ११÷५४ वजेबाट १÷१३ वजेसम्म रहनेछ,अशुभ यमघण्टायोगः–विहान ७÷५९ वजेबाट ९÷१८ वजेसम्म रहनेछ । गुली कालः–सामान्य पूर्वान्ह १०÷३६ वजेबाट ११÷५४ वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ पूर्वान्ह ११÷३३ वजेबाट मध्यान्ह १२÷१५ वजेसम्म रहनेछ । अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३३ वजेबाट मध्यान्ह १२÷१५ वजेसम्म रहनेछ ।

ॐःसूर्योदयबाट प्रातः ७÷५९ वजेसम्म लाभ वेला,७÷५९ वजेबाट ९÷१७ वजेसम्म अमृत वेला,९÷१७ वजेबाट १०÷३५ वजेसम्म काल वेला,१०÷३५ वजेबाट ११÷५४ वजेसम्म शुभ वेला,११÷५४ वजेबाट १÷१२ वजेसम्म रोग वेला,१÷१२ वजेबाट २÷३० वजेसम्म उद्वेग वेला,२÷३० वजेबाट ३÷४८ वजेसम्म चर वेला र ३÷४८ वजेबाट सूर्यास्तसम्म लाभ वेला रहनेछ ।ॐःसूर्यास्तबाट ६÷४८ वजेसम्म उद्वेग वेला,६÷४८ वजेबाट ८÷३० वजेसम्म शुभ वेला,८÷३० वजेबाट १०÷१२ वजेसम्म अमृत वेला,१०÷१२ वजेबाट ११÷५३ वजेसम्म चर वेला,११÷५३ वजेबाट १÷३५ वजेसम्म रोग वेला,१÷३५ वजेबाट ३÷१७ वजेसम्म काल वेला,३÷१७ वजेबाट ४÷५९ वजेसम्म लाभ र ४÷५९ वजेबाट सूर्योदयसम्म उद्वेग वेला रहनेछ ।

मेषः– देश,देशान्तरका व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । कुनै काम गर्नु छ भने ढिला सुस्ति भने पटक्कै नगर्नु होला आफैलाई घाटा हुनेछ । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्नेछ ।

वृषः– मनोबल उच्च गरेर काम गर्नु होला । शत्रुको बक्रदृष्टि पर्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आम्दानीका स्रोत बढ्ने छन् । संघर्ष विना लक्ष्य प्राप्तिको कल्पना नगर्नु होला ।

मिथुनः–अस्थिरता बढ्न सक्छ । काम भन्दा कुरा धेरै हुनेछन् । जोश जागर घट्नेछ । समयमा गर्न सकिएन भने काममा अरुले अधिकार जमाउने छन्,उपलब्धि गुमाउनु पर्नेछ । आर्थिक कारोवारमा समस्या आउन सक्छ ।

कर्कटः– घरयासी खर्चमा वृद्धि हुनेछ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । भौतिक सुख सुविधाका कुराले मनलाई पिरोल्नेछ । उपलब्धिका काम भन्दा खर्चका काममा समय बढि खर्च हुनेछ ।

सिंहः– दिन शुभ नै देखिन्छ । अल्मलमा नपरि लगनशिल भई काममा लाग्नु होला गरेका काम धेरै जसो सफल हुने छन् । उद्योग,पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अर्थोपार्जन राम्रै होला ।

कन्याः– सफलता असफलता आफ्नै हातमा छ हेलचक्र्याई गरेर कुनै काम नगर्नु होला । धनका कुराले बढि पिरोल्नेछ । घरका समस्या मिलाउन समय लाग्नेछ । व्यापार व्यवसायबाट खासै लाभ हुने छैन ।

तुलाः– काम गर्ने उत्साहा घट्ने छैन । गरेका अधिकाँश काम सफल हुनेछन् । वैदेशिक कार्य योजना अगाडि बढ्ने छन् । गएका ठाँउमा मान सम्मान पाईने छ । व्यापार व्यवसायबाट सामान्य लाभ होला ।

वृश्चिकः– भाग्य खोसिन सक्छ सतर्क रहनु होला । विवादबाट टाढा बस्नु होला । अनावस्यक दोष लाग्न सक्छ । काम गरेर जश पाईने छैन । अनावस्यक खर्च वृद्धिले आर्थिक संकट आउन सक्छ ।

धनुः– धार्मिक विश्वास बढ्नेछ । बक्यौता रकम उठ्न सक्छ,प्रयत्न गरेको खण्डमा । आर्थिक कारोवारमा चनाखो रहनु होला । पढाई लेखाईमा प्रगति हुनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ ।

मकरः–परिस्थितिले साथ दिनेछ । विरोधी कमजोर बन्ने छन् । सहज र सरल तरिकाले काम बन्ने छन् । गरेका कामबाट लाभ राम्रै होला । नयाँ कामको अवसर आउन सक्छ । मान सम्मान मिल्नेछ । पढाईमा प्रगति हुनेछ ।

कुम्भः– दैनिक काम काजमा समस्या देखिने छन् । विना सोच विचार गरेका कामबाट उचित लाभ लिन सकिने छैन । आफ्ना काममा भन्दा अरुका काममा बढि चासो दिदा कुनै फाइदा हुने छैन । यात्राको योग देखिन्छ ।

मिनः– सन्तानको बारेमा बढि चिन्ता हुनेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । लेनदेनका कुराले मनलाई अशान्ति बनाउने छ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ,सर्तक रहनु होला । बोलीको अनर्थ लाग्न सक्छ ।

Facebook Comments

LEAVE A REPLY