मेलम्चीको पानी राजधानी आउँन कत्ति लाग्ला ? खानेपानी मन्त्रीको घोषणा र प्रतिवेदन !

16

काठमाडौँ । नेपाली राजनीतिमा मेलम्चीको पानी पनि एक महत्वपुर्ण मुद्धा बन्ने गरेको छ । काठमाडौं उपत्यका लगायतका क्षेत्रहरुमा स्वस्थ पानी वितरणका लागि तयारी गरिहरेको सरकारले दशैं तिहार भन्दा पहिले नैं पानी राजधानी ल्याउने बताएको थियो । अहिलेसम्म पनि पानी काठमाडौंमा आइ पुगेको छैन । एक अध्यनले के कुरा देखाएको छ भने मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुग्न कम्तीमा १ सय ३० दिन लाग्ने भएको छ ।

आयोजनाको निरीक्षणका लागि मंगलबार सुन्दरीजल पुगेको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई आयोजनाले यस्तो जानकारी गराएको हो । तर, खानेपानी मन्त्रालयमा सचिव गजेन्द्रकुमार ठाकुरले आइतबार विकास समितिमा बोल्दै ६० दिनभित्र मेलम्चीको काम सकिने दाबी गरेका थिए । मन्त्रालय र समन्वय समिति बिच कुरा एक आपसमा बाझिएपछि जनतामा थप निराशा देखिएको छ । यो भन्दा पहिले खानेपानी मन्त्री विना मगरले दशैंपुर्व नैं काठमाडौंमा पानी ल्याउने बताएकी थिइन ।

Facebook Comments

LEAVE A REPLY