२०७५ साल मंसिर १७ गते सोमबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

27

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल मंसिर १७ गते सोमबार नेपाल सम्बत ११३९ कछलागा,सन् २०१८ डिसेम्बर ३ तारिक कृष्णपक्ष एकादशी तिथि अपरान्ह २ वजेर १२ मिनेटसम्म,चित्रा नक्षत्र राती ४ वजेर २५ मिनेटसम्म, सौभाग्ययोग,बालवकरण,आनन्दादियोग मुद्गर,सूर्य वृश्चिक राशीमा,चन्द्रमा अपरान्ह ४ वजेर ४१ मिनेटसम्म कन्या उप्रान्त तुला राशीमा ।वारवेला,मुहूर्त र राशी ॐःराहुकालः–अशुभ विहान ७÷५८ वजेबाट ९÷१७ वजेसम्म रहनेछ,अशुभ यमघण्टायोगः–पूर्वान्ह १०÷३५ वजेबाट ११÷५३ वजेसम्म रहनेछ । गुली कालः–सामान्य अपरान्ह १÷१२ वजेबाट २÷३० वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ मध्यान्ह १२÷१४ वजेबाट १२÷५६ वजेसम्म र अपरान्ह २÷२० वजेबाट ३÷२ वजेसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३३ वजेबाट मध्यान्ह १२÷१४ वजेसम्म रहनेछ ।

ॐःसूर्योदयबाट प्रातः ७÷५८ वजेसम्म अमृत वेला,७÷५८ वजेबाट ९÷१६ वजेसम्म काल वेला,९÷१६ वजेबाट १०÷३५ वजेसम्म शुभ वेला,१०÷३५ वजेबाट ११÷५३ वजेसम्म रोग वेला,११÷५३ वजेबाट १÷११ वजेसम्म उद्वेग वेला,१÷११ वजेबाट २÷३० वजेसम्म चर वेला,२÷३० वजेबाट ३÷४८ वजेसम्म लाभ वेला र ३÷४८ वजेबाट सूर्यास्तसम्म अमृत वेला रहनेछ ।ॐःसूर्यास्तबाट ६÷४८ वजेसम्म चर वेला,६÷४८ वजेबाट ८÷३० वजेसम्म रोग वेला,८÷३० वजेबाट १०÷११ वजेसम्म काल वेला,१०÷११ वजेबाट ११÷५३ वजेसम्म लाभ वेला,११÷५३ वजेबाट १÷३५ वजेसम्म उद्वेग वेला,१÷३५ वजेबाट ३÷१६ वजेसम्म शुभ वेला,३÷१६ वजेबाट ४÷५८ वजेसम्म अमृत र ४÷५८ वजेबाट सूर्योदयसम्म चर वेला रहनेछ ।

मेषः– अन्योलता हट्नेछ । विरोधी बढ्नेछ । अरुका कुरा बढि सुन्नु भयो भने काम विग्रिन सक्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन । आम्दानीका नयाँ क्षेत्र देखा पर्ने छन् । साँझपख व्यापार बढ्नेछ ।

वृषः– भ्रम बढ्न सक्छ । मानसिक एवं शारीरिक थकावट बढ्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । कार्य प्रगति सन्तोषजनक हुने छैन । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । विरोधीले च्याउने छन् ।

मिथुनः– परिवारिक भेटघाट हुनेछ । शारीरिक शिथिलता बढ्नेछ । घरयासी खर्च बढ्नेछ । व्यापारमा गिरावट आउन सक्छ । आर्थिक कारोवारमा झै झमेला आउन सक्छ । विश्वास गरेकाले धोका दिने छन् ।

कर्कटः– समयले साथ दिनेछ हेलचक्र्याई विलम्ब नगर्नु होला पछि पश्चताप हुनेछ । समयमा गरेका कामबाट लाभ हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । सहयोग अल्प मिल्नेछ । साँझपख खर्च बढ्नेछ ।

सिंहः– आर्थिक कारोवार गर्दा होशियार रहनु होला,आफन्त बनेर धोका दिन सक्छन् । सानो गल्तिले ठुलो प्वाल पर्नेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । अपरान्हबाट कार्य लगनशिलता बढ्नेछ ।

कन्याः– काममा देखिएका समस्या कम भएर जाने छन् । आर्थिक कारोवारमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । वेलुका पाखा संचित धनमा ह्रास आउनेछ ।

तुलाः– गर्न लागेका काम विग्रिन सक्छन् । नयाँ कार्यारम्भ नगर्नु होला । व्यापार व्यवसायमा लगानी बढाउदा डुब्न सक्छ । अनावस्यक काममा समय र धन खर्च हुनेछ । वेलुका पाखा केहि काम हुनेछन् ।

वृश्चिकः– आय आर्जनका दृष्टिले आजको दिन अनुकुल देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । भाग्यले साथ दिदा धेरै काममा सफलता मिल्नेछ । व्यापारयमा प्रगति हुनेछ । साँझपख समय खराव देखिन्छ ।

धनुः– समय सुधारोन्मुख छ । आर्थिक कुरामा सवैलाई विश्वास नगर्नु होला । योजना बनाएर काम गर्नु होला । काममा देखिएका समस्या हटेर जाने छन् । गरेका काम बन्ने छन् । व्यापार बढ्नेछ । सहयोग मिल्नेछ ।

मकरः–जीवन साथिको सहयोग लिएर काम गर्नु होला । हचुवाका भरमा काम गर्दा अप्ठ्यारो पर्न सक्छ । यात्रा हुनसक्छ । अरुका काममा समय दिदा आफ्ना कामले गति लिने छैन । समय सुधारोन्मुख छ ।

कुम्भः– दिन तपाईको लागि प्रतिकुल देखिन्छ । मानसिक चिन्ता बढ्नेछ । काममा अवरोध आउन सक्छ । बन्न लागेका काम विग्रिने सम्भावना छ । शारीरिक शिथिलता बढ्नेछ । आशा निरासामा परिणत हुने देखिन्छ ।

मिनः– समय प्रतिकुल हुदै छ समयमा काम गर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पारिवारिक सहयोग थोरै मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । साँझपख खर्च बढ्नेछ ।

Facebook Comments

LEAVE A REPLY